६३ वर्षे साउदी पुरुषद्वारा ४३ वर्षको अन्तरालमा ५३ पटक विवाह « Khabarhub

६३ वर्षे साउदी पुरुषद्वारा ४३ वर्षको अन्तरालमा ५३ पटक विवाह


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउदी अरबमा एकजना पुरुषले ५३ पटक विवाह गरेको दाबी गरेका छन् । ६३ वर्षे साउदी नागरिक अबु अब्दुल्लाहले ४३ वर्षको अवधिमा विभिन्न महिलासँग ५३ पटक विवाह गरेको दाबी गरेका हुन् ।

उनले व्यक्तिगत खुशीका लागि भन्दा पनि शान्ति र स्थिरताका लागि त्यति धेरै पटक विवाह गरेको जनाएका छन् ।

६३ वर्षीय अबु अब्दुल्लाले आफूले २० वर्षको उमेरमा पहिलो पटक विवाह गरेको जनाएका छन् । उनकी प्रथम श्रीमतीको उमेर उनकोभन्दा ६ वर्ष धेरै रहेको थियो । त्यसको तीन वर्षपछि उनले २३ वर्षको उमेरमा दोस्रो विवाह गरेका थिए ।

‘जब मैले पहिलो पटक विवाह गरे, मैले एकभन्दा बढी महिलासँग विवाह गर्ने योजना बनाएको थिइन किनकी म खुशी थिएँ’, उनले भने, ‘तर, केही समयपछि समस्या देखियो । २३ वर्षमा पुग्दा मैले पुनः विवाह गर्ने निर्णय गरेँ र मेरो निर्णय श्रीमतीलाई सुनाएँ ।’

गल्फ न्युजका अनुसार उनको वैवाहिक जीवनमा समस्या तब सुरु भयो जब उनको पहिलो र दोस्रो श्रीमतीसँग झगडा हुन थाल्यो । यही कारण उनी तेस्रो र चौथो पटक दोस्रो विवाह गर्न बाध्य भए ।

अन्ततः पहिलो, दोस्रो र तेस्रो पत्नीसँग उनको सम्बन्धविच्छेद भयो । ‘लामो समयावधिमा मैले ५३ जना महिलासँग विवाह गरे । पहिलो पटक मैले २० वर्षको उमेरमा विवाह गरे । उनी मभन्दा ६ वर्ष जेठी थिइन्’, अब्दुल्लाहले भने ।

उनको सबैभन्दा छोटो विवाह एक रात मात्र टिकेको छ ।

उनलाई ‘शताब्दीकै बहुविवाहक’ को संज्ञा दिइएको छ । हालसालै स्थानीय टेलिभिजनमा अन्तवार्तामा देखा परेका उनले हालै एक महिलासँग विवाह गरेको र पुनः विवाह गर्ने कुनै मनसाय नभएको बताएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ५ : ०१ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,