यू–२० एसियन कप छनोट : बंगलादेशसँग नेपाल पराजित « Khabarhub

यू–२० एसियन कप छनोट : बंगलादेशसँग नेपाल पराजित


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट अन्तरगत आज भएको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएको हो । यो पराजयसँग नेपाल प्रतियोगितमा जितविहीन बनेको छ ।

बंगलादेशलाई जित दिलाउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक एक गोल गरे ।शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा नेपाल नौ र बंगलादेश दश खेलाडीमा समेटिएको थियो।

खेलको २६ औं मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । बंगलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका हुन् ।खेलको ३५ औं मिनेटमा कप्तान आयुस घलानले रातो पाएपछि नेपाल ९ खेलाडीमा समेटियो ।

खेलको छैटौं मिनेटमा जोनीले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको १० औं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाए ।त्यसपछि खेलको ५२ औं मिनेटमा निजुमले गोल गर्दै बंगलादेशलाई ३– ० को जित दिलाए ।

समूह चरणमा नेपालको यो चौंथो हार हो । यस हारसँगै समूह बी मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : ५९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु