नेपाल शेख रसेल कप चेसको सुपर लिग चरणमा « Khabarhub

नेपाल शेख रसेल कप चेसको सुपर लिग चरणमा


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिग चरणमा प्रवेश गरेको छ। दक्षिण एसियाका ६ राष्ट्रको सहभागीता रहेको राउण्ड रोविन च्याम्पियनशीपमा पाँच खेलमध्ये दुईमा मात्र जित हात पारेको नेपाल गेम प्वाईन्टका आधारमा पाकिस्तानलाई पछि पार्दै सुपर लिगमा प्रवेश गरेको हो।

बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत सोमबार सम्पन्न पाँचौ राउण्डको खेलमा नेपालले आयोजक बंगलादेशसँग ४–० को हार व्यहोरेको थियो। अर्को खेलमा श्रीलंकाले पाकिस्तानमाथि ३–५ र ०५ को नतिजा निकालेपछि नेपालको सुपर लिग यात्रा सम्भव भएको छ। सबै खेल जितेको बंगलादेश १० म्याच प्वाईन्ट बनाउँदै शिर्ष स्थानमा रहेर सुपर लिगमा प्रवेश पायो भने चार खेलबाट ८ म्याच प्वाईन्ट बनाएको श्रीलंका दोश्रो स्थानमा रहन सफल भयो। दुई खेल जितेर समान चारचार म्याच प्वाईन्ट बनाएपनि गेम प्वाईन्टका आधारमा नेपाल तेश्रो, पाकिस्तान चौथो तथा माल्दिभ्स पाचौं स्थानमा रहे।

लिग चरणको अन्तिम खेलमा नेपालका फिडेमास्टर रिजेन्द्र राजभण्डारी बंगलादेशका ग्रान्डमास्टर ईनामुल हुसेनसँग पराजित भए। त्यसैगरी अर्का फिडेमास्टर बिलमलाल श्रेष्ठलाई ग्रान्डमास्टर जिउर रहमानले हार चखाए। सिंगेश्वर दास तथा राजेन्द्र बज्राचार्य क्रमशः ईन्टरनेशनलमास्टरद्धय मोहमद फहाद रहमान तथा मोहमद मिन्हाज उदीनसँग पराजित हुन पुगे। च्याम्पियनशीपमा भुटानले कुनै पनि खेल जित्न सकेन।

च्याम्पियनशीपमा सुपर लिगका खेल मंगलबारबाट शुरु हुनेछन्। मंगलबार आयोजक बंगलादेशले श्रीलंकाको सामना गर्नेछ। त्यसैगरी नेपालले बुधबार श्रीलंका र बिहिबार बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ। च्याम्पियनशीपमा सुपर लिगको विजेताले ४ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। त्यसैगरी उपविजेताले ३ हजार अमेरिकी डलर तथा तेश्रो हुनेले २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। समग्रमा चौथो स्थानमा रहन सफल पाकिस्तानले १ हजार अमेरिकी डलर नगद हात पारेको छ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : २८ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको