नेपाल शेख रसेल कप चेसको सुपर लिग चरणमा « Khabarhub

नेपाल शेख रसेल कप चेसको सुपर लिग चरणमा


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिग चरणमा प्रवेश गरेको छ। दक्षिण एसियाका ६ राष्ट्रको सहभागीता रहेको राउण्ड रोविन च्याम्पियनशीपमा पाँच खेलमध्ये दुईमा मात्र जित हात पारेको नेपाल गेम प्वाईन्टका आधारमा पाकिस्तानलाई पछि पार्दै सुपर लिगमा प्रवेश गरेको हो।

बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत सोमबार सम्पन्न पाँचौ राउण्डको खेलमा नेपालले आयोजक बंगलादेशसँग ४–० को हार व्यहोरेको थियो। अर्को खेलमा श्रीलंकाले पाकिस्तानमाथि ३–५ र ०५ को नतिजा निकालेपछि नेपालको सुपर लिग यात्रा सम्भव भएको छ। सबै खेल जितेको बंगलादेश १० म्याच प्वाईन्ट बनाउँदै शिर्ष स्थानमा रहेर सुपर लिगमा प्रवेश पायो भने चार खेलबाट ८ म्याच प्वाईन्ट बनाएको श्रीलंका दोश्रो स्थानमा रहन सफल भयो। दुई खेल जितेर समान चारचार म्याच प्वाईन्ट बनाएपनि गेम प्वाईन्टका आधारमा नेपाल तेश्रो, पाकिस्तान चौथो तथा माल्दिभ्स पाचौं स्थानमा रहे।

लिग चरणको अन्तिम खेलमा नेपालका फिडेमास्टर रिजेन्द्र राजभण्डारी बंगलादेशका ग्रान्डमास्टर ईनामुल हुसेनसँग पराजित भए। त्यसैगरी अर्का फिडेमास्टर बिलमलाल श्रेष्ठलाई ग्रान्डमास्टर जिउर रहमानले हार चखाए। सिंगेश्वर दास तथा राजेन्द्र बज्राचार्य क्रमशः ईन्टरनेशनलमास्टरद्धय मोहमद फहाद रहमान तथा मोहमद मिन्हाज उदीनसँग पराजित हुन पुगे। च्याम्पियनशीपमा भुटानले कुनै पनि खेल जित्न सकेन।

च्याम्पियनशीपमा सुपर लिगका खेल मंगलबारबाट शुरु हुनेछन्। मंगलबार आयोजक बंगलादेशले श्रीलंकाको सामना गर्नेछ। त्यसैगरी नेपालले बुधबार श्रीलंका र बिहिबार बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ। च्याम्पियनशीपमा सुपर लिगको विजेताले ४ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। त्यसैगरी उपविजेताले ३ हजार अमेरिकी डलर तथा तेश्रो हुनेले २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। समग्रमा चौथो स्थानमा रहन सफल पाकिस्तानले १ हजार अमेरिकी डलर नगद हात पारेको छ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : २८ बजे

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क