इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप « Khabarhub

इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ।

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा दिएकाले यसमा आवेदन दिने समय एक दिन लम्बिएको हो। अब भोलि बुधबारसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा १ अर्ब १६ करोड ६८ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

कम्पनीले असोज २८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो। यसले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्तासमेत थप गरी कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको हो। यसमध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा कार्तिक १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

रेटिङ एजेन्सी केयर नेपालले इस्टर्नको आइपीओलाई ‘केयर एनपी डबल बी प्लस’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। केयर नेपालले २०७८ मंसिर २२ गते रेटिङ दिएको थियो। यो रेटिङ आगामी मंसिर २१ गतेसम्म बाहल रहनेछ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ९ : २० बजे

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी