आगामी निर्वाचनमा सबैभन्दा बढी मतदाता बागमतीमा « Khabarhub

आगामी निर्वाचनमा सबैभन्दा बढी मतदाता बागमतीमा


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशका सात प्रदेशमध्ये सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् ।  निर्वाचन आयोगका अनुसार बागमती प्रदेशमा कुल ३४ लाख ७१ हजार ४९२ जना मतदाता रहेका छन् । जसमा पुरुष १७ लाख ३८ हजार ८७, महिला १७ लाख ३३ हजार ३७८ र अन्य २७ जना रहेका छन् । 

आगामी निर्वाचनमा देशभर कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । कुल मतदातामध्ये पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ रहेका छन् । सात प्रदेशमध्ये सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा रहेका छन् । ५ लाख १० हजार ४२० जना पुरुष, ४ लाख ९७ हजार ९८० महिला र ३ जना अन्य गरी कर्णाली प्रदेशमा कुल १० लाख ८ हजार ४०३ जना मतदाता रहेको आयोगले जनाएको छ । 

सात प्रदेशमध्ये ठूलो मतदाता प्रदेश १ मा रहेका छन् । प्रदेश १ मा कुल मतदाता संख्या ३३ लाख ९६ हजार ८६५ रहेको छ । यस प्रदेशमा रहेका मतदातामध्ये पुरुष १७ लाख २९ हजार ७७२, महिला १६ लाख ६७ हजार ७१ र अन्य २२ जना रहेका छन् । 

तेस्रो ठूलो मतदाता संख्या मधेश प्रदेशमा रहेको छ । मधेश प्रदेशमा रहेका कुल ३३ लाख ८६ हजार ६२८ मतदातामध्ये पुरुषको संख्या १८ लाख २७ हजार ८५४, महिलाको संख्या १५ लाख ५८ हजार ७०४ र अन्य ७० जना रहेका छन् । आयोगका अनुसार लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३२ लाख ४९ हजार ६३७ रहेको छ । जसमा पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना छन् । 

गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ जना मतदाता रहेका छन् । मतदातामध्ये ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ जना अन्य रहेका छन् । सुदूरपश्चिम प्रदेशमा कुल मतदाता संख्या १६ लाख ५८ हजार ४ रहेको निर्वाचन आयोगले जनाएको छ । सुदूरपश्चिममा रहेका मतदातामध्ये पुरुष ८ लाख १५ हजार २१२, महिला ८ लाख ८२ हजार ७७४ र अन्य १८ जना रहेका छन् । 

देशका सात प्रदेशमध्ये गण्डकी र सुदूरपश्चिम दुई प्रदेशमा मात्र पुरुषभन्दा महिला मतदाताको संख्या बढी रहेको छ । 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ११ : २४ बजे

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट