प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने यी हुन् निर्वाचन क्षेत्र « Khabarhub

प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने यी हुन् निर्वाचन क्षेत्र


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार-प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५  समूहमा विभाजन गरेको छ । पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । 

दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले निर्वाचन प्रचार-प्रसारमा २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले जनही २९ लाख रुपैयाँसम्म प्रचार-प्रसारमा खर्च गर्न पाउनेछन् । 

चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन् । पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले भने ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । 

उम्मेदवारले प्रचार-प्रसारमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउने २६ निर्वाचन क्षेत्रमा ताप्लेजुङ-१, पाँचथर-२, संखुवासभा-१, सोलुखुम्बु-१, खोटाङ-१, दोलखा-१, रामेछाप-१, काभ्रेपलाञ्चोक-१, काभ्रेपलाञ्चोक-२, मकवानपुर-१, मकवानपुर-२, गोरखा-१लमजुङ-१ रहेका छन् । 

यस्तै प्रतिनिध सभा निर्वाचन क्षेत्र अर्घाखाँची-१, रोल्पा-१, प्यूठान-१, दाङ-१, बर्दिया-१, बर्दिया-२, सल्यान-१, डोल्पा-१, हुम्ला-१, जाजरकोट-१, बझाङ-१, डोटी-१ र बैतडी-१ का उम्मेदवारले पनि ३३ लाख रुपैयाँ खर्च पाउनेछन् । 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ३५ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको