व्यवस्था जोगाउन गठबन्धन कायम : सहमहामन्त्री उपाध्याय « Khabarhub

व्यवस्था जोगाउन गठबन्धन कायम : सहमहामन्त्री उपाध्याय


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउन लोकतान्त्रिक बाम गठबन्धन कायम राखिएको बताएकी छिन् ।

आज बिहान हेटौँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् , ‘जसले यो संविधान अपनत्व गर्दै हस्ताक्षर गरेको छैन, त्यस्ता शक्तिले लोकतन्त्र बचाउँछ भन्नु भ्रम हो ।’ उपाध्यायले आफू पहिलो पटक पूर्वी मकवानपुरको भूगोलमा उम्मेदवार भए पनि पूर्वी मकवानपुरको विकासमा उल्लेख्य बजेट पहिलादेखि नै व्यवस्था गर्दै आएको बताइन् ।

त्यस्तै नेपाली कांग्रेसका बागमती प्रदेश सभापति एवं सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नं- २ ‘ख’ मा उम्मेदवारी दिएका इन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनले जित्नुपर्ने उल्लेख गरे ।

उनले मकवानपुरको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ०४ बजे

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको

आज २०८३ साल असार २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त