व्यवस्था जोगाउन गठबन्धन कायम : सहमहामन्त्री उपाध्याय « Khabarhub

व्यवस्था जोगाउन गठबन्धन कायम : सहमहामन्त्री उपाध्याय


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउन लोकतान्त्रिक बाम गठबन्धन कायम राखिएको बताएकी छिन् ।

आज बिहान हेटौँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् , ‘जसले यो संविधान अपनत्व गर्दै हस्ताक्षर गरेको छैन, त्यस्ता शक्तिले लोकतन्त्र बचाउँछ भन्नु भ्रम हो ।’ उपाध्यायले आफू पहिलो पटक पूर्वी मकवानपुरको भूगोलमा उम्मेदवार भए पनि पूर्वी मकवानपुरको विकासमा उल्लेख्य बजेट पहिलादेखि नै व्यवस्था गर्दै आएको बताइन् ।

त्यस्तै नेपाली कांग्रेसका बागमती प्रदेश सभापति एवं सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नं- २ ‘ख’ मा उम्मेदवारी दिएका इन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनले जित्नुपर्ने उल्लेख गरे ।

उनले मकवानपुरको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ०४ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका