केदारनाथनजिकै हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु « Khabarhub

केदारनाथनजिकै हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत उत्तराखण्ड राज्यको धार्मिक तीर्थस्थल केदारनाथनजिकै ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । केदारनाथ धामबाट करिब २ किलोमिटर टाढा गरुड चट्टीमा हेलिकोप्टर दुर्घटनामा परेको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

दुर्घटनामा हेलिकोप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

तीर्थालु बोकेको उक्त हेलिकोप्टर केदारनाथबाट फटा हेलिप्याडका लागि उडेको जनाइएको छ । दुर्घटनापछि प्रहरी र राज्य विपद् प्रतिकार्य बल घटनास्थल पुगेका थिए ।

दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत् दुःख व्यक्त गरेका छन् । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ ।

राज्यका मुख्यमन्त्री पुष्कर धामीले दुर्घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : २२ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय