निः शुल्क आँखा जाँच शिविर सञ्चालन  « Khabarhub

निः शुल्क आँखा जाँच शिविर सञ्चालन 


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा विराटनगरमा निः शुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ । नगरका १९ वटै वडामा आजदेखि निःशुल्क आँखा शिविर आयोजना गरिएको हो । 

महानगरका प्रमुख नागेश कोइरालाले नागरिकको स्वास्थ्यप्रति महानगर सचेत रहेको छ भन्दै आगामी दिनमा नगरका अन्य अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेत, अस्पताल प्रतिष्ठानका महासचिव सुरेन्द्र गोल्छा, अस्पतालका प्रशासन प्रमुख विन्देश्वर महतोले नागरिकमा सचेतना जगाउन सके आँखा रोगबाट बच्न सकिने विचार राखे । 

शिविरमा महानगरका चार हजार नागरिकको आँखा जाँच गर्नुका साथै चार सयको निःशुल्क शल्यक्रियासहित चस्मा, औषधि र लेन्स प्रदान गर्ने योजना रहेको महानगरले जनाएको छ । महानगरका १९ वडामा ४८ वटा शिविर सञ्चालन गर्ने समेत योजना रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ४५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका