गिरिराजमणि पोखरेलले सुनाए चुनाव जित्ने ४ वटा आधार « Khabarhub

गिरिराजमणि पोखरेलले सुनाए चुनाव जित्ने ४ वटा आधार


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले आफूसँग चुनाव जित्ने ४ वटा आधार भएको बताएका छन् ।

महोत्तरी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका उम्मेदवार नेता पोखरेलले जित्ने पहिलो आधार गठबन्धन नै भएको सुनाए ।

संगठनिक हिसाबले माओवादी केन्द्र आफैँ पनि बलियो भएको हुनाले निर्वाचनमा प्रतिस्पर्धा भएता पनि गठबन्धनले नै जित्ने दोस्रो आधार भएको उनको दाबी छ ।

महोत्तरीमा लगातार ३ पटक विजयी भएका पोखरेलले २ कार्यकाल नेपाली जनताले परिकल्पना गरेको संविधान बनाउन खर्चिएको हुनाले पछिल्लो ५ वर्षयता मात्र विकाशले गति लिएको बताए । यही विकाशको गति नै चुनाव जित्ने अर्को तेस्रो आधार भएको नेता पोखरेलको भनाइ छ ।

छोटो समयमा नै क्षेत्र नम्बर १ लाई शैक्षिक हब बनाउन सफल भएको सुनाउँदै सिक र गर भन्ने अवधारणा अन्तर्गत प्राविधिक शिक्षालाई बढी जोड दिएको पोखरेलले बताए ।

‘अहिले निर्मल लामा बहुप्राविधिक विद्यालयमा मात्र २६ जिल्लाका विद्यार्थी आएर अध्ययन गर्ने थलो वनेको छ’ उनले भने, ‘निर्मल लामा बहुप्राविधिक विद्यालय, कृषि कलेज, आयुर्वेदिक कलेज, न्याथम काठमाण्डौ विश्वविद्यालय यसैका परिणाम हुन ।

केही कमजोरी भएता पनि आफूले जितेको क्षेत्रमा सिर ठाडो पार्नेगरी काम गरेको नेता पोखरेलको जिकिर छ ।

जनताको तटबन्धको सुरुवात गरेपछि अहिले नदी उकासमा हजारौँ बिगाहा जग्गा निक्लिएको र विपन्नहरूलाई यसले विशेष सहयोग गरेको पनि पोखरेलको बुझाइ छ ।

निर्वाचन जित्ने अर्को महत्त्वपूर्ण आधार भनेको निर्वाचित जनप्रतिनिधि नै भएको नेता पोखरेलको ठोकुवा छ । कतिपय पालिकाहरूमा आफ्ना जनप्रतिनिधि नभएता पनि गठबन्धन इतरका जनप्रतिनिधिले समेत सही मूल्याङ्कन गर्ने नेता पोखरेलले विश्वास व्यक्त गरे ।

अर्को जनतासँग नजिक रहेर काम र कार्यक्रम ल्याएको हुनाले आफूलाई निर्वाचन जित्न सहज भएको उनको भनाइ छ । क्षेत्र नम्बर १ को बाँकी रहेको विकासलाई पूरा गर्न यहाँका जन्जाले आफ्नै माग गरेको बताउँदै उनले जनचाहनाअनुसार नै यो क्षेत्रमा चौथो पटक उम्मेदवारी भएको बताए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ९ : ५० बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र