एक हप्ता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी | Khabarhub Khabarhub

एक हप्ता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गोरखा– प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका दुई सय २२ मतदानस्थल र तीन सय १७ वटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाको दुर्गम चुमनुब्री गाउँपालिकामा झण्डै एकसाता हिँडेर मतदान अधिकृत, कर्मचारी सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । चुमनुब्री गाउँपालिका-१ को सामागाउँको साम्दो पुग्न झण्डै एक हप्ता लाग्ने गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए। विकट चुमनुब्री गाउँपालिकामा २२ वटा मतदान केन्द्र छन् ।

जिल्लाभित्र निर्वाचनलाई निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न तीनवटा घेरामा सुरक्षा संयन्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिए। हरेक मतदानस्थलमा पाँचजना र मतदान केन्द्र दुई वटा भए थप दुई जनाका दरले नेपाल प्रहरी परिचालन गरिएको उनले बताए । 

‘मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ, प्रमुख जिल्ला अधिकारी आर्चायले भने’, ‘त्यसभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरीको टोली रहनेछ भने तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ ।’

प्रमुख जिल्ला अधिकारी आर्चायले जिल्लाभित्र निर्वाचन भयरहित, शान्तिपूर्ण र मर्यादित ढङ्गबाट सम्पन्न गर्नका लागि आवश्यक सबै व्यवस्था मिलाइएको बताए ।

उनले ७६ ठाउँमा नेपाली सेना र २० ठाउँमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिए। आवश्यक परेको खण्डमा १० मिनेटभित्रमा नै पुग्नसक्ने गरी नेपाली सेना र सशस्त्र प्रहरी खटिएको उनको भनाइ छ । 

गोरखा जिल्लाअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा  एक लाख १५ हजार तीन सय ९७ मतदाता छन् । जसमा ५८ हजार २२ जना महिला र ५७ हजार तीन सय ७५ जना पुरुष छन् ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एक लाख पाँच हजार दुई सय ४० मतदाता छन् । दुई नम्बर क्षेत्रमा रहेका कूल मतदातामध्ये ५२ हजार तीन सय ९९ जना पुरुष र  ५२ हजार आठ सय १४ महिला मतदाता छन् ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १ : ५२ बजे

लुम्बिनी प्रदेश सरकारद्वारा ३९ अर्बको बजेट प्रस्तुत

काठमाडौं– आगामी आर्थिक वर्ष ०८२/८३ का लागि लुम्बिनी प्रदेश सरकारले

होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं– पोखरा महानगरपालिका-३१बेगनासतालस्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक

स्कुटर दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते

तनहुँ –पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज दिउँसो स्कुटर दुर्घटना

बजेटको आकार बढाएको मधेस प्रदेशको बजेटमा के छ ? (पूर्णपाठसहित) 

काठमाडौं– आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार ६.१३ प्रतिशतले मधेस

सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको लागि यातायात व्यवसायीको भूमिका महत्त्वपूर्ण’

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सडक दुर्घटना न्यूनीकरण