ढुक्क भएर मताधिकार प्रयोग गर्न गृहको आग्रह « Khabarhub

ढुक्क भएर मताधिकार प्रयोग गर्न गृहको आग्रह


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयले यही मङ्सिर गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ । भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहिमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास दिलाएको छ ।

निर्वाचनको पूर्व तयारीबारे मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता विनोद प्रकाश सिंहले कर्मचारी, मतदाता र मतपत्रको सुरक्षामा खतरा पुर्‍याउने व्यक्ति दलरसमूह र सङ्गठनमाथि कडा निगरानी राखिएको बताए। उनले भन
, ‘विगतभन्दा धेरै राम्रो निर्वाचन सुरक्षा व्यवस्था गरेका छौँ । सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मताधिकार प्रयोग गर्न अनुरोध गर्दछु ।’ 

मन्त्रालयको सुरक्षा तयारीबारे जानकारी दिँदै उनले भने, ‘केही दिन यता केही हिंसात्मक गतिविधिहरू देखिएका छन् । यस्ता खालका गतिविधिमा संलग्न व्यक्ति, समूह र सङ्गठनप्रति हामी ‘शून्य सहनशीलता’ मा छौँ । हामीले सूक्ष्म अनुगमन र कडा निगरानी गरिरहेका छौँ ।’

प्रवक्ता सिंहका अनुसार मतदान केन्द्र नजिक नौ सय तीन स्थानमा नेपाली सेनाको बम बिस्फोटक टोली खटाइएको छ । इजाजत प्राप्त र अवैध दुई हजार २५ थान हातहतियार संकलन भएको छ । चालीस वटा स्थानमा हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने व्यवस्था गरिएको छ । यस्तै नेपाली सेनाको हेलिकप्टर इटहरी, बर्दिवास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा राखिएको छ भने हवाई गस्ती समेत गरिरहेको छ । 

गृह मन्त्रालयका अनुसार देशभर अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ९८ हजार पाँच सय ७९ जनशक्ति परिचालित भएका छन् । मतदानस्थलको संवेदनशीलताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ६ : १३ बजे

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय

रास्वपासँगबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता

बालेनबारे ओलीको आक्रोश : मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा