गृहमन्त्रीलाई आयोगले सोध्यो तीन स्पष्टीकरण | Khabarhub Khabarhub

गृहमन्त्रीलाई आयोगले सोध्यो तीन स्पष्टीकरण


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

भैरहवा– निर्वाचन आचारसंहिता २०७९ विपरित गतिविधि गरेको भन्दै निर्वाचन आयोगले आचारसंहिता अनुगमन समितिमार्फत रूपन्देहीमा थप सात विषयमा स्पष्टीकरण सोधेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध परेको उजुरीका आधारमा गृहमन्त्री तथा उम्मेदवार बालकृष्ण खाणलाई तीन वटा विषयमा, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, उम्मेदवारहरू सन्तोष पाण्डे, केशव बहादुर खड्का र बसिउद्धीन खानलाई स्पष्टीकरण सोधेको हो ।

परेको उजुरीको आधारमा २९ गते स्पष्टीकरण सोधिएको छ । जसमा सनसाइन स्कुलमा अध्ययनरत बालिकालाई प्रचार प्रसार कार्यालय उद्घाटनको क्रममा नृत्यमा प्रयोग गरेको, चकलेटमा चुनाव चिन्ह अंकित गरी वितरण गरेको र गाडीमा फ्लैक्स प्रिन्ट झुन्डयाई प्रचार प्रसार गरेकोले आयोग मार्फत जरिवाना किन नगर्ने भनी ३ दिनमा जवाफ आउने गरी रूपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार नेपाली कांग्रेसका बालकृष्ण खाणलाई स्पष्टीकरण सोधिएको छ । 

त्यस्तै सिद्धार्थनगरका मेयर खान उम्मेदवारसँगै कार्य क्षेत्रमै प्रचारमा हिँडेको, रूपन्देही क्षेत्र नम्बर ३ प्रदेश १ का उम्मेदवार सन्तोष पाण्डे, क्षेत्र २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा मगर र रूपन्देही क्षेत्र नम्बर ३ २ का नेपाली कांग्रेस तर्फकै उम्मेदवार बसिउद्दीन खानले निर्वाचन आचारसंहित विपरित प्रचार प्रसार, डिजे र कलर प्रचार सामाग्रीबाट प्रचार गरेकोले स्पष्टीकरण सोधिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता शोभाखर खरेलका अनुसार २९ गते सोधिएको स्पष्टीकरण मध्ये केहीको जवाफ आएको बताए । उनले नेपाली कांग्रेसको, मेयर खानको र सन्तोष पाण्डेको जवाफ आएपनि अब आउने उजुरीको आधारमा समय छोट्याण्दै जवाफ मागिने बताए । आज मात्रै अनलाइनखबर विरुद्ध उजुरी परेको छ ।

रुपन्देहीबाट हालसम्म १५ विषयमा स्पष्टीकरण सोधिएकोमा केहीको मात्रै जवाफ आएको छ भने अधिकांशले जवाफ दिएका छैनन् । आएका जवाफ पनि माग गरेको ढाँचामा नपठाई आफ्नै हिसाबले पठाइएको निर्वाचन आचारसंहिता अनुगमन समिति रूपन्देहीका अधिकृत विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । 

यसअघि एक स्थानीयपालिका जनप्रतिनिधि, एक प्रशासकीय र ६ उम्मेदवारलाई बेग्लाबेग्लै पत्र समितिले पठाएर स्पष्टीकरण सोधिएको ज्ञवालीले बताए । अधिकांश फोन मार्फत उजुरी आएकोले फोनमार्फत नै उजुरी सम्बोधन भएको समितिले जानकारी दिएको छ ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम निर्वाचन आचारसंहिता बनाई असोज १२ गतेदेखि लागू गरिसकेको छ ।

ऐनको दफा २३ को उपदफा ९१० मा ‘दफा २२ बमोजिम आयोगले बनाएको आचारसंहिता पालना भए-नभएको सम्बन्धमा आयोगले आवश्यकतानुसार संयन्त्र निर्माण गरी जाँचबुझ तथा अनुगमन गर्न सक्ने’ तथा उपदफा ९२० ‘उपदफा ९१० बमोजिम जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिताको उल्लङ्घन भएको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिनेछ’ भन्ने व्यवस्था छ ।

उपदफा ९३० मा दफाको उपदफा ९२० बमोजिम आयोगले दिएको आदेशबमोजिम काम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले रु एक लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ६ : ३२ बजे

नेपाललाई स्तब्ध पार्दै उज्बेकिस्ताले जित्यो काभा यू–२० भलिबल को उपाधि

काठमाडौं – श्रीलंकामा जारी काभा यु–२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल

कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना

काठमाडौं – हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनःस्थापना गरिएको

दक्षिण भारतमा रेल दुर्घटना हुँदा १९ जना घाइते

नयाँ दिल्ली – भारतको तमिलनाडु राज्यमा यात्रुवाहक रेल र पार्क

भिमापोखरामा नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु

गलकोट– काठेखोला गाउँपालिका–२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका 

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा