आचारसंहिता कार्यान्वयनमा आयोग दण्डात्मक बाटोमा : आयुक्त डा तुलाधर | Khabarhub Khabarhub

आचारसंहिता कार्यान्वयनमा आयोग दण्डात्मक बाटोमा : आयुक्त डा तुलाधर


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि जारी गरिएको आचारसंहिता कार्यान्वयन गराउन आयोग दण्डात्मकतर्फ अघि बढेको निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले बताएकी छन् ।

निर्वाचनको तयारीका सम्बन्धमा आज नुवाकोटमा अनुगमनका लागि आएका आयुक्त डा तुलाधरले आयोगमा हालसम्म आचारसंहिता उल्लङ्घनका २८ वटा उजुरी परेकामा त्यसमध्ये ११ जनालाई जरिवाना तिराएको जानकारी दिइन् ।

‘आचारसंहिता उल्लङ्घनका घटनाको उजुरीमा स्पष्टीकरण सोधेर के भएको रहेछ भनेर बुझ्ने काम गरिन्छ’, उनले भनिन् , ‘चित्तबुझ्दो जवाफ नपाएमा कारबाही गरिने भएकाले यस निर्वाचनमा ११ जनालाई जरिवाना तिराउँदै निर्वाचनलाई निष्पक्ष बनाउन आयोग आचारसंहिता कार्यान्वयनमा कडा रूपमा प्रस्तुत भएको छ ।’

आजदेखि सुरु भएको स्थिर समय ९मौन अवधि०मा आचारसंहिता उल्लङ्घनको घटना वृद्धि हुनसक्ने भएकाले त्यसतर्फ आयोग थप चनाखो भएको उनको भनाइ छ । आचारसंहिता उल्लङ्घनको घटना रोक्नदेखि निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि सहयोग पु¥याउन आयुक्त डा तुलाधरले सञ्चारकर्मीलाई आग्रह गरिन।

आयुक्त डा तुलाधरका अनुसार गत स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मत खसेको थियो । उनले यही आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा ७५ प्रतिशत मतदान हुने लक्ष्य आयोगले लिएको बताइन्।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : ०८ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको