मनाङमा दुई दिन पैदलपछि मतदान केन्द्रमा कर्मचारी « Khabarhub

मनाङमा दुई दिन पैदलपछि मतदान केन्द्रमा कर्मचारी


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने समय नजिकिए सँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् ।

बुधबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी बिहिवार राती मतदान केन्द्रमा पुगेका हुन् । प्रतिनिधि सभातर्फ एउटा निर्वाचन र प्रदेश सभातर्फ २ निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचनको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार मनाङको नार्पाभुमी गाउँपालिकाको ५ वटा मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी पुगेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि मनाङमा दुई सय कर्मचारी र ६ सय ८७ सुरक्षाकर्मी खटिएका छन् । एउटा मात्रै प्रतिनिधिसभा र दुईवटा प्रदेश सभा रहेको यस मनाङमा ६ हजार सात सय ७९ मतदाता छन्।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : १३ बजे

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी