आज कतारको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै « Khabarhub

आज कतारको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दोहा – आज आइतबार १८ डिसेम्बर, कतारले आफ्नो राष्ट्रिय दिवस मनाउँदै छ। हरेक वर्ष कतारले राष्ट्रिय दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको छ। दिवसको अवसरमा दिउँसो ३:१५ देखि ३:३५ बजेसम्म लुसेल बुलेभार्डमा एयर शो हुने रक्षा मन्त्रालयले जनाएको छ।

कतारले आफ्नो देशको जग बसेको १८ डिसेम्बर १८७८ को सम्झनामा हरेक वर्ष राष्ट्रिय दिवस मनाउँदै आएको हो। त्यतिखेरका अमिर शेख जसिम बिन मोहमद बिन अल थानीले विभाजित समुदायलाई एकतामा बाँधेर कतारको जग बसाएका थिए।

कतार प्रायद्वीपमा मानव बसोबास लगभग ४ सय बीसीतिर सुरु भएको मानिन्छ। आधुनिक कतारका संस्थापक सेख जसिम बिन मोहम्मद अल थानी तमिम समूहका थिए। उनले आधुनिक कतारको नेतृत्व गर्दै विकासको गतिमा अगाडि बढाए। स्थानीयस्तरमा उनले स्वतन्त्र र एकीकृत कतारको पक्षमा वकालत गर्दै अभियान चलाए।

उनको नेतृत्वमा कतार स्थायित्वपूर्ण राष्ट्रका रूपमा उदय भयो। शेख जसिमले दुई शक्ति समूहहरू अरबको खाडी र बेलायती साम्राज्यलाई समदूरीमा राख्दै कतारलाई अगाडि बढाए।

उनी सन् १८७६ मा कतारको डेपुटी गभर्नरका रूपमा नियुक्त भए र सन् १८८८ मा सुल्तान अब्दुल हमिदको पद पाए। सन् १८७८ मा उनी शक्तिमा आएसँगै कतारले स्वतन्त्रताको मान्यता पाउन थालेको थियो।

सोही समयमा कतारमा शेख जसिम नेतृत्वको सेना र अटोमन सेनाबीच युद्ध भयो। कतारी सेनाले अटोमन सेनालाई पराजित गर्नु नै कतारको राजनीतिक इतिहासमा एउटा कोसेढुंगाको रूपमा लिइन्छ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ४६ बजे

एमाले नेता प्रदीपलाई बालेनको झटारो : गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ

काठमाडौं- प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले

वैतेश्वरमा १०८ फिट अग्लो नागदेवताको मूर्ति निर्माण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकास्थित वैतेश्वर महादेव मन्दिर परिसरमा १०८ फिट

विगतका गल्ती स्वीकार्दै गगनले भने : १० वर्षयता मेरै पार्टीका निर्णयले शिर निहुरियो, रास्वपासँग सिक्न तयार छौं’

चितवन- नेपाली कांग्रेसका सभापति गगनुकमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

राष्ट्रिय स्वतन्त्र पार्टी दुर्घटनामा नपरोस् भन्ने कामना गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले इतिहासमा जनमत प्राप्त गरेका

रास्वपाको महाधिवेशनमा छिमेकी मुलुकसहित विश्वका पार्टीको शुभकामना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका अवसरमा भारतीय जनता पार्टीलगायत