भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु « Khabarhub

भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बाँके – कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो। ठक्कर दिएर भागेको भ्यानलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : ५६ बजे

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ– ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा हुँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको

अमेरिकाको कडा नियमले इरानी फुटबल टोली मर्कामा, फिफामा उजुरी गर्ने तयारी

लस एन्जलस – विश्वकपको सह-आयोजक राष्ट्र अमेरिकाले इरानी फुटबल टोलीमाथि

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपमा नेदरल्यान्ड्सको सानदार जित: स्वीडेन ५–१ ले पराजित

ह्युस्टन – कोडी गाक्पो र ब्रायन ब्रोबीले दुई-दुई गोल गरेपछि