उदाउँदो र अस्ताउँदो सुपरस्टारको भिडन्त « Khabarhub

कतार विश्वकप फाइनल

उदाउँदो र अस्ताउँदो सुपरस्टारको भिडन्त

एमबाप्पे भर्सेज मेस्सी : कसले उचाल्छ उपाधि ?


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कतार विश्वकप फूटबलको फाइनलमा आइतबार अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । आइतबार राती पौने ९ बजेपछि सुरु हुने फाइनलको केन्द्रबिन्दुमा छन्, लियोनल मेस्सी र किलियन एमबाप्पे । दुबै सुपरस्टार हुन् ।

फ्रेन्च लिग पीएसजीमा आबद्ध मेस्सी र एमबाप्पेबीचको लडाइ विशेष हुनेछ । एमबाप्पेले यसअघि फ्रान्सका लागि विश्वकप जितिसकेका छन् । तर मेस्सी अहिलेसम्म विश्वकपमा उपाधिविहीन छन् । मेस्सीले विश्वकपमा २५ खेल खेल्दै ११ गोल गरेका छन् ।

एमबाप्पेले भने ११ खेलबाट ९ गोल गरेका छन् । एमबाप्पे जम्मा २३ वर्षका भए । मेस्सी अहिले ३५ वर्षका छन् । यी दुवैको खेल कौशल अद्भुत छ । मेस्सी सदाबहार सर्वकालीन खेलाडी भइसकेका छन् । बार्सिलोनाबाट सर्वाधिक खेल खेलेका मेस्सीले ला लिगा उपाधि, क्लब वल्र्डकप, च्याम्पियन्स लिगदेखि सबै उपाधि जितेका छन् ।

विश्वकै उत्कृष्ट खेलाडीलाई दिइने बालोन डेओर अवार्ड मात्रै मेस्सीले सात पटक जितेका छन् । मेस्सीपछि रोनाल्डोले पाँच पटक जितेका छन् । तर उदाउँदा सुपरस्टार एमबाप्पेले यो अवार्ड जितेका छैनन् । यसपटक एमबाप्पेले विश्वकप जितेको खण्डमा यो अवार्ड हात पार्नेछन् ।

आइतबार राती ८ बजेर ४५ मिनेटमा सुरु हुने खेल निर्धारित समयमै नतिजा आउने धेरैको अपेक्षा छ । त्यसबाहेक अतिरिक्त समयमा पनि नतिजा आउन सक्ने देखिन्छ । निकै चुस्त र छिटो खेल्ने फ्रान्स तथा स्ट्राइकरले भरिएको अर्जेन्टिनाबीचको खेल रोचक हुने देखिएको छ ।

कतार विश्वकपको फाइनललाई उदाउँदो र अस्ताउँदो सुपरस्टारको भिडन्तको रुपमा पनि हेरिएको छ । १९ वर्षकै उमेरमा विश्वकप जितेका कारण एमबाप्पे उदाउँदो सुपरस्टार हुन् । जुन विश्वका महंगा र उत्कृष्ट स्ट्राइकर मानिन्छन् ।

क्रिष्टियानो रोनाल्डोलाई आइकन मान्ने एमबाप्पेको गोल गर्ने कला र छिटो दौडेर गोल गर्न सक्ने क्षमता अब्बल मानिन्छ । मेस्सीका लागि कतार विश्वकप फाइनल नै अन्तिम खेल हो । उनले यसपछि विश्वकप नखेल्ने घोषणा गरिसकेका छन् ।

क्लब फूटबलमा पनि उत्तराद्र्धमा रहेका मेस्सी अब विश्वकप मात्रै होइन, पहिलेजस्तै उत्कृष्ट फूटबल खेल्न कम गर्नेछन् । रोनाल्डो र मेस्सीबीचको सदाबहार लडाई यसै विश्वकपबाट समाप्त हुनेछ भने एमबाप्पे जस्ता नयाँ सुपरस्टारको युग सुरु भइसकेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ६ : ०१ बजे

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

काठमाडौं– काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा

शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको