साम्पोडियामाथि युभेन्ट्सको सहज जित « Khabarhub

साम्पोडियामाथि युभेन्ट्सको सहज जित


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिरी ए क्लब युभेन्ट्सले कोपा इटालीया कपमा सहज जित पाएको छ ।

मंगलबार राति टुरिन स्थित घरेलु मैदान एलिएन्ज मैदानमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ४-१ अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सको जितमा जुआन कुआड्राडो, डानियल रुगानी, पाउलो डिबला र अल्भारो मोरटाले १-१ गोल गरे । भ्रमणकारी टोलीका लागि आन्द्रेआ कोन्टीले सान्त्वना गोल गरे ।

खेलको २५औं मिनेटमा जुआनले सुरुआती अग्रता दिलाए । रुगानीले ५२औं मिनेटमा अग्रता २-० को बनाए । तर कोन्टीले गोल गर्दै दूरी २-१ मा झारे । तर स्टार खेलाडी डिबलाले ६७औं मिनेटमा गोल गर्दै सहज जिततर्फ डोर्‍याए ।

पाएको पेनाल्टीलाई मोरटाले सदुपयोग गर्दै ७७ मिनेटमा चौथो गोल गरे ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : ५६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा