प्रधानमन्त्री कपको उपाधिका लागि आज एपीएफ र पुलिस भिड्दै « Khabarhub

प्रधानमन्त्री कपको उपाधिका लागि आज एपीएफ र पुलिस भिड्दै


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (बुधबार) हुँदैछ ।

उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टियु मैदानमा बिहान १० बजे भिड्नेछन् । टस साढे ९ बजे हुनेछ ।

राष्ट्रिय तथा युवा खेलाडीले मिश्रित दुबै टोली बलिया छन् । दुबै टोलीको ब्याटिङ लाईन र बलिङसमेत बलियो छ । सेमिफाइनलकै तुलनामा हेर्ने हो भने आज ठूलो स्कोर बन्न सक्छ । सेमिफाइनलमा पुलिसले बागमती प्रदेश र एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी आर्मीलाई पराजित गरेको थियो ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना गर्दै आएको थियो । तर यसपटक टी-२० फर्म्याटमा खेलाइको छ ।

यसलाई आगामी महिना ओमानमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीकोरुपमासमेत हेरिएको छ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ८ : १४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु