माइक टायसन भन्छन्– मलाई नेपाल घुम्न मन छ « Khabarhub

माइक टायसन भन्छन्– मलाई नेपाल घुम्न मन छ


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी पूर्व विश्व प्रसिद्ध बक्सिङ खेलाडी माइक टायसनले आफूलाई नेपाल घुम्न जान मन लागेको बताएका छन् ।

इम्पल्सिभ पोडकास्टको २४७ औँ अङ्कमा बौल्दै टायसनले नेपाल घुम्न जान मन लागेको बताएका हुन् ।

साथीभाइ तथा अन्य माध्यमबाट नेपालका बारेमा थाहा भएको बताउँदै उनले नेपाल लगायत विश्व भ्रमण गर्न मन लागेको बताएका छन् ।

उनले उक्त पोडकास्टमा नेपाल मन्दिर र हिमालको देश भनेर प्रशंसा पनि गरेका छन् । उनले नेपाल हिमाल नै हिमालको देश भएको र आफू त्यस्तो ठाउँमा जान सधै लालयित हुने पनि बताएका छन् ।

टायसनलाई आफ्नो समयको सबैभन्दा प्रसिद्ध हेवीवेट बक्सरमध्ये एक मानिन्छ । उनले १९८७ देखि १९९० सम्म निर्विवाद विश्व हेवीवेट च्याम्पियनको रूपमा शासन गरे।

२० वर्षको उमेरमा आफ्नो पहिलो बेल्ट दाबी गर्दै, टायसनले हेवीवेट उपाधि जित्ने सबैभन्दा कान्छो बक्सरको रूपमा रेकर्ड राखे । उनी डब्लूबीए, डब्लूबीसी र आइबीएफ शीर्षकहरू एकै साथ जित्ने पहिलो हेवीवेट बक्सर पनि बने ।

उनले बक्सिङ सन् १९८७ देखि सन् २००५ सम्म खेलेका थिए ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ३ : ३० बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य