प्रजातन्त्रका मान्यताविरुद्ध काम गर्नेलाई समयमै चिन्नुपर्छः नेता महर « Khabarhub

प्रजातन्त्रका मान्यताविरुद्ध काम गर्नेलाई समयमै चिन्नुपर्छः नेता महर


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातन्त्रको खोल ओढेका कम्युनिष्टबाट नै प्रजातन्त्रमाथि सबैभन्दा बढी खतरा रहेको बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा स्कूल अफ डेमोक्रेसी त्रिभुवन विश्वविद्यालय समितिद्वारा गरिएको ‘विश्वमा प्रजातन्त्रको अभ्यास र नेपालको अवस्था’ विषयक विचार गोष्ठीमा महरले यस्तो बताएका हुन् ।

ओली नेतृत्वको तीनवर्षे सरकारतर्फ इङ्गित गर्दै उनले समाजको आवश्यकतालाई वास्ता नगरी प्रजातन्त्रको आवरणमा स्थापित भएर खाली बहुमत र अल्पमतको कुरा गर्ने र कर्म भने प्रजातन्त्रका मुख्य मूल्य मान्यताविरुद्ध गर्नेलाई समयमै चिन्नुपर्ने बताए ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विरोधीहरूप्रति कटाक्ष गर्दै नेता महरले त्रिवि विश्वविद्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेला नेपालमा तत्कालीन समयमा भएका २०/२५ जना कम्युनिष्टहरूले विदेशीहरू आउने भन्दै सुतेको प्रसंग सुनाएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : ०५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक