ओलीले देउवालाई भने सूर्य चिह्नमा भोट हाल्नूस्, माधव नेपालले बुलाकी बुझाएनन्  | Khabarhub Khabarhub

ओलीले देउवालाई भने सूर्य चिह्नमा भोट हाल्नूस्, माधव नेपालले बुलाकी बुझाएनन् 


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सूर्य चिह्नमा भोट हाल्न आग्रह गरेका छन् ।

काठमाडौँमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सभापतिसमेत रहेका देउवा, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति ब्यङ्ग्य गरेका हुन्।

‘शेरबहादुर देउवा बुढो भएर पनि कांग्रेसमा किन छन् भने उनलाई त्यो चार हजार भत्ता केही गर्न छदैँ छ, नत्र लौरो टेकेर एमालेमा आउँथे ।’ उनले भने, ‘ज्येष्ठ नागरिक हो तपाईहरु सूर्य चिह्नमा भोट हाल्नुस्।’

कांग्रेसको चुनावसम्बन्धी अहिलेको नीति अघिल्लो सरकारको भण्डाफोर गर्ने रहेको सुनाउँदै अध्यक्ष ओलीले कांग्रेसले जे पायो त्यही बोल्ने गरेको टिप्पणी गरे। कुनै बेला कम्युनिस्ट सरकार बनेमा ६० वर्ष पुगेकालाई गोली ठोक्छ भनेर भ्रम फैलाएको स्मरण गर्दै ओलीले जे पनि भनिदिने कांग्रेसको पुरानो बानी भएको जनाए।

‘कांग्रेसका नेताहरु, प्रचण्ड एन्ड कम्पनीहरु कसरी जनताबीच उभिएका हुन्, यस्तो हालत हुँदा पनि जनतामाझ गएका छन्,’ उनले भने, ‘हामी भएको भए लाजले घरबाट पनि निस्किदैन्थ्यौ होला।’

माधव नेपालमाथि कटाक्ष गर्दै ओलीले भने, ‘पहिला पहिला श्रीमान् मन नपरे गहना बुझाएर पोइल जाने चलन थियो, माधव नेपालहरूले एमालेको बुलाकी लगाएर अर्को पार्टी खोले तर फिर्ता गरेनन्।

कम्युनिस्टको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने कम्युनिस्ट हुन नसक्ने ओलीको दाबी छ । अब जनादेश तर्फ कि परमादेशतर्फ भनेर कित्ताकाट गर्ने बेला आएको उनले सुनाए । सङ्कल्पवाला कि षयन्त्रवाला सरकार बनाउने भन्ने चुन्न  आगामी चुनावमा एमालेलाई जिताउन उनकाे आग्रह छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १२ : ०० बजे

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ

काठमाडौं– भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ

दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो 

काठमाडौं- नेत्रविक्रमचन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन

ट्रम्प-ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो– अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री

सिन्धुलीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुली– बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

गलकोट– काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट