राजर्षि जनक कप फुटबल: क्यामरुनको जित « Khabarhub

राजर्षि जनक कप फुटबल: क्यामरुनको जित


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा क्यामरुन जित हासिल गर्दै अन्तिम चारमा प्रवेश गरेको छ ।

सशस्त्र प्रहरी फुटबल क्लब  एपीएफलाई पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हाे ।

एपीएफ क्लब र अफ्रिकन एभिनिर फुटबल क्लब क्यामरुनबीचको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको ३७ औँ मिनेटमा क्यामरुनका कप्तान रोनीले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । जर्सी नम्बर ११ का मार्टीनले डिबक्सभित्र दिएको पासलाई सशक्त प्रहार गर्दै रोनीले गोलमा परिणत गरे ।

यस्तै ८१ औँ मिनेटमा एपीएफका सविन गुरुङले क्यामरुनका गोलकिपरलाई बिट गर्दै बराबरी गोल फर्काए । जर्सी नम्बर २ का विश्वास उदासको क्रसपासमा गुरुङले गोल गरेका हुन् । गुरुङको गोलसँगै  एपीएफ खेलमा फर्कियो । तर त्यसपछि दुई टोलीले खेलमा थप गोल गर्न सकेनन् । दुवै टिमका खेलाडीबीच गोल थप्न निकै घम्साघम्सी भएको थियो ।

एपीएफका खेलाडीका लागि खेलको सुरुको केही मिनेट र अन्तिम ५ मिनेट राम्रो अवसर बन्यो तर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न बाध्य भयो । एभिनियर फुटबल क्लब क्यामरुनका दुई खेलाडी इटोका र जोस्पीन ८८ र ८९ औँ मिनेटमा लगातार दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिए । त्यसपछि क्यामरुन ९ खेलाडीमा सीमित भए । क्यामरुन ९ खेलाडीको अवस्थामा रहेको ५ मिनेट पनि  एपीएफले सदुपयोग गर्न सकेन ।

खेलको पहिलो मिनेटमै  एपीएफका युवाराज खड्का क्यामरुनका गोलकिपर एलिनसँग वान टु वानको अवस्थामा पुगे । खेलको १२ औँ मिनेटमा एफिएफका टोप विष्टको पासमा युवराज खड्काले गरेको हेड फस्ट बार नजिकैबाट बाहिरियो । शनिवार बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न खेलको म्यान अफ द म्याच घोषित हुँदै क्यामरुनका गोल किप्पर रोड्रिग्वे नगद १० हजार पुरस्कार प्राप्त गरे ।

यस्तै आइतबार हुने पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डर च्याम्पियन पिप्ले युवा क्लब हेटौडा र हिमालयन सेर्पा खेल्ने छन् । हिमालयन सेर्पा धु्रवतारा फुटबल क्लब झापालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । भने, डिफेन्डर च्याम्पियन पिप्लेले एक खेल वाई पाएको थियो ।  चैत १३ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले राजर्षि रनिङ सिल्ड नगद १० लाख १ हजार र उपविजेताले सिल्ड ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : ४३ बजे

किमद्वारा राइफल उपहार, छोरी फेरि केन्द्रमा

एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको

इरानी मिसाइल प्रहारबाट अबु धाबीमा अज्ञात एशियाली देशका एक जनाको मृत्यु भएपछि यूएई क्रुद्ध

काठमाडौं- इरानले प्रहार गरेको मिसाइलका कारण एक जनाको मृत्यु भएपछि

इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाडौं- इजरायल र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था

निर्वाचन आचारसंहिता उल्लङ्घन : आठ जनालाई कारबाही

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही र

कतार, कुवेत, यूएई, बहराइनपछि साउदी अरबको राजधानीमा पनि विस्फोट

इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई