राजर्षि जनक कप फुटबल: क्यामरुनको जित « Khabarhub

राजर्षि जनक कप फुटबल: क्यामरुनको जित


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा क्यामरुन जित हासिल गर्दै अन्तिम चारमा प्रवेश गरेको छ ।

सशस्त्र प्रहरी फुटबल क्लब  एपीएफलाई पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हाे ।

एपीएफ क्लब र अफ्रिकन एभिनिर फुटबल क्लब क्यामरुनबीचको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको ३७ औँ मिनेटमा क्यामरुनका कप्तान रोनीले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । जर्सी नम्बर ११ का मार्टीनले डिबक्सभित्र दिएको पासलाई सशक्त प्रहार गर्दै रोनीले गोलमा परिणत गरे ।

यस्तै ८१ औँ मिनेटमा एपीएफका सविन गुरुङले क्यामरुनका गोलकिपरलाई बिट गर्दै बराबरी गोल फर्काए । जर्सी नम्बर २ का विश्वास उदासको क्रसपासमा गुरुङले गोल गरेका हुन् । गुरुङको गोलसँगै  एपीएफ खेलमा फर्कियो । तर त्यसपछि दुई टोलीले खेलमा थप गोल गर्न सकेनन् । दुवै टिमका खेलाडीबीच गोल थप्न निकै घम्साघम्सी भएको थियो ।

एपीएफका खेलाडीका लागि खेलको सुरुको केही मिनेट र अन्तिम ५ मिनेट राम्रो अवसर बन्यो तर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न बाध्य भयो । एभिनियर फुटबल क्लब क्यामरुनका दुई खेलाडी इटोका र जोस्पीन ८८ र ८९ औँ मिनेटमा लगातार दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिए । त्यसपछि क्यामरुन ९ खेलाडीमा सीमित भए । क्यामरुन ९ खेलाडीको अवस्थामा रहेको ५ मिनेट पनि  एपीएफले सदुपयोग गर्न सकेन ।

खेलको पहिलो मिनेटमै  एपीएफका युवाराज खड्का क्यामरुनका गोलकिपर एलिनसँग वान टु वानको अवस्थामा पुगे । खेलको १२ औँ मिनेटमा एफिएफका टोप विष्टको पासमा युवराज खड्काले गरेको हेड फस्ट बार नजिकैबाट बाहिरियो । शनिवार बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न खेलको म्यान अफ द म्याच घोषित हुँदै क्यामरुनका गोल किप्पर रोड्रिग्वे नगद १० हजार पुरस्कार प्राप्त गरे ।

यस्तै आइतबार हुने पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डर च्याम्पियन पिप्ले युवा क्लब हेटौडा र हिमालयन सेर्पा खेल्ने छन् । हिमालयन सेर्पा धु्रवतारा फुटबल क्लब झापालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । भने, डिफेन्डर च्याम्पियन पिप्लेले एक खेल वाई पाएको थियो ।  चैत १३ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले राजर्षि रनिङ सिल्ड नगद १० लाख १ हजार र उपविजेताले सिल्ड ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : ४३ बजे

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि