क्रिस्टियानो रोनाल्डोका छोराको मृत्यु « Khabarhub

क्रिस्टियानो रोनाल्डोका छोराको मृत्यु


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यानचेष्टर युनाइटेडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका छोराका मृत्यु भएको छ । रोनाल्डोले आफ्नो छोराको मृत्यु भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

यसअघि रोनाल्डो र उनकी पार्टनर जियोर्जिना रोड्रिग्वेजले जुम्ल्याहा सन्तानलाई जन्म दिन लागेको खबर आएको थियो ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै रोनाल्डो र रोड्रिग्वेजले ‘गहिरो दुखका साथ हामी हाम्रो छोराको मृत्यु भएको जानकारी गराउन चाहन्छौँ ।’ लेखेका छन् ।

‘यो क्षतिका कारण हामी सबै अत्यन्त दुखी भएका छौ र यो कठिन घडीमा हामी गोपनीयता चाहन्छौँ ।’ यद्यपि उनकी एक छोरी भने बाँच्न सफल भएको जनाइएको छ ।

उनीहरुले यो ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भएको समेत बताएका छन् ।

रोनाल्डो र रोड्रीग्वेजले छोरीको जन्मले आफूहरूलाई ‘यो क्षणमा केही आशा र खुसीका साथ बाँच्न बल दिएको’ जनाएका छन् ।

‘हाम्रा बालक, तिमी हाम्रालागि अमूल्य उपहार थियौ, हामी तिमीलाई सधैँ माया गर्नेछौँ’ सामाजिक सञ्जालमा उनीहरूले लेखेका छन् ।

यता रोनाल्डोको क्लब म्यानचेष्टर युनाइटेडले पनि रोनाल्डोको छोराको निधनप्रति दुख प्रकट गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : ५० बजे

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने