कश्मीरमा यो वर्ष पर्यटकको आगमन बढ्यो « Khabarhub

कश्मीरमा यो वर्ष पर्यटकको आगमन बढ्यो


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कश्मीरमा यो वर्ष कीर्तिमानी संख्यामा पर्यटकले भ्रमण गरेका छन् । कश्मीरको पर्यटन विभागका निर्देशक डा. जीएन इटूलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार कश्मीरमा यो वर्ष कीर्तिमानी संख्यामा पर्यटकको आगमन भएको छ ।

‘यदि हामीले पछिल्ला १० वर्षको तुलना गर्ने हो भने यो वर्ष कश्मीर उपत्यकामा कीर्तिमानी संख्यामा पर्यटकहरूको आगमन भएको छ । कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै हामीले विभिन्न पर्यटकीय कार्यक्रमहरू आयोजना गरेका छौँ । यसबाहेक हामीले सामाजिक सञ्जालको पनि प्रयोग गरेका छौँ ।’ इटूलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

दक्षिणी राज्य केरलाबाट कश्मीर पुगेकी डा. उषा भन्छिन्, ‘म केरलाबाट आएकी हुँ । कश्मीर निकै सुन्दर ठाउँ हो । यो उपत्यकाको मौसम पनि मलाई मन पर्छ ।’

‘कोरोना भाइरस महामारीको कठिन समयमा यहाँ घुम्न आउँदा रमाइलो लागिरहेको छ ।’ अर्की पर्यटक श्रद्धाले भनिन् ।

दिल्लीबाट कश्मीर घुम्न आएका अर्का पर्यटक सामर्थ पनि मानिसहरुलाई कश्मीर घुम्न आउन सल्लाह दिन्छन् । ‘म पनि पहिलो पटक कश्मीर घुम्न आएको हुँ ।’ उनी भन्छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : १३ बजे

सरकारको पक्राउ र अनुसन्धान कदमको प्रभाव ? निरन्तर ओरालोतर्फ सेयर बजार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुरुवातको केही मिनेटमा हरियो

‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी डेब्यू नायिका सलिना

काठमाडौं – फिल्म ‘कंगाल करोडपति’मा डेब्यू नायिका सलिना तामाङको अनुबन्ध

नौ दिनदेखि राज्यलाई पुकारिरहेका सडकपेटीमा आश्रित दृष्टिविहीन (तस्बिरहरू)

काठमाडौं– सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आफ्ना माग राख्दै काठमाडौंको माइतीघरमा

रास्कोटमा खाद्यान्न अभाव नहुने

मान्म– रास्कोट नगरपालिकाले वर्षामा खाद्यान्न मौज्दात राख्ने भएको छ । वर्षायाममा

२ सातामै उठ्यो औद्योगिक क्षेत्रको ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौँदेखि