करेन्ट लागेर एक मजदुरको मृत्यु « Khabarhub

करेन्ट लागेर एक मजदुरको मृत्यु


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।

गोलबजार नगरपालिका- ६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न आइतबार बिहान बाँस ठड्याउने क्रममा विद्युतको नांगो तारमा ठोकिँदा करेन्ट लागेर गोलबजार नगरपालिका- १ का २६ वर्षीय गोपाल पूर्वेको मृत्यु भएको हो।

करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्‍याए पनि मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय  गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : ३१ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका