प्रधानमन्त्रीको अमेरिका भ्रमणका बेला कुनै सम्झौता नहुने « Khabarhub

प्रधानमन्त्रीको अमेरिका भ्रमणका बेला कुनै सम्झौता नहुने


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बेला कुनै सम्झौता नगर्ने गठबन्धनमा सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धन दलका नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाको हुन लागेको अमेरिका भ्रमणको बेला कार्यक्रममा सहभागी हुने तर कुनै समझदारी नगर्ने सहमति भएको हो । अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिएको छ ।

प्रधानमन्त्रीले यो सुझावलाई पालना नगरी भ्रमणमा जाने निर्णय गठबन्धनबाट अनुमोदन गराएका हुन् । त्यस्तै भ्रमणबारे जानकारी लिन आज प्रतिनिधि सभा अन्तरगत अन्तराष्ट्रिय सम्बन्ध समितिले आज भ्रमणबारे जानकारी लिन बोलाएकोमा प्रधानमन्त्री देउवा सहभागी भएनन् । सम्बन्ध समितिमा नगएका देउवाले बालुवाटारमा गठबन्धन दलको बैठक बोलाएका हुन् ।

हिजो (शनिबार) पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : ४१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको