काठमाडौँमा दुई जना हैजाका बिरामी भेटिए « Khabarhub

काठमाडौँमा दुई जना हैजाका बिरामी भेटिए


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँमा दुई जनामा हैजा भेटिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जनामा हैजा पुष्टि भएको जानकारी दिएको हो ।

उनीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका थिए । १८ र २३ वर्षका उनीहरू काठमाडौँ महानगरपालिका–२८ बागबजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य भएको मन्त्रालयले जनाएको छ ।

गर्मी तथा वर्षा याममा झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ । हैजा सम्बन्धी कुनै लक्षण देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : ०५ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको