पीडितको अपेक्षा अनुरूप कार्य सम्पादन गर्न निर्देशन  « Khabarhub

पीडितको अपेक्षा अनुरूप कार्य सम्पादन गर्न निर्देशन 


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले पीडित महिलाको अपेक्षा अनुरूप थप संवेदनशील भएर कार्यसम्पादन गर्न राष्ट्रिय महिला आयोगलाई  निर्देशन दिएको छ । उक्त समितिको आजको बैठकले दिएको समितिका सभापति निरूदेवी पालले जानकारी दिए ।

आयोगले महिला हक हित प्रवर्द्धन गर्न प्रयत्न गरिरहेका  विभिन्न निकायहरूसँग सम्पर्क, समन्वय बढाई  एकीकृत पहल गर्न समेत नसकेको भन्दै आगामी दिनमा प्रभावकारी सहकार्य गर्न पनि समितिले आग्रह गरेको छ । साथै, महिला आयोग आफैभित्र पनि समन्वय र सहकार्य  गर्न नसकेको कारण प्रभावकारी कार्यसम्पादन हुन नसकेको र  सम्पर्कमा आएका पीडित महिलाले आवश्यक न्यूनतम सहयोग समेत प्राप्त गर्न नसक्नु दुःखको विषय रहेको समितिको ठहर छ ।  

बैठकमा सांसद नारायणप्रसाद खतिवडा, विमला नेपाली, गङ्गा चौधरी, अमृता थापा, कृष्णबहादुर राईले  आवश्यकताको हिसाबले राष्ट्रिय महिला आयोग अन्य आयोग भन्दा बढी महत्वपूर्ण रहेको हुनाले योजनावद्ध तरिकाले आफ्नो कार्यसम्पादन गर्नतर्फ ध्यान दिन आग्रह गरे ।  

कार्यक्रममा  आयोगका अध्यक्ष  कमलाकुमारी पराजुलीले विस २०७८  साउन एक गते देखि  २०७९ साल असार मसान्त सम्म महिला माथि भएका विभिन्न हिंसाका एक हजार ४६४ घटना दर्ता भएको जानकारी गराएका थिए । जसमा सबैभन्दा बढी बागमती प्रदेशबाट घरेलु र महिला हिंसाका गरी एक हजार २७६ वटा घटना रहेका छन् । 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ४ : ४४ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको