पीडितको अपेक्षा अनुरूप कार्य सम्पादन गर्न निर्देशन  « Khabarhub

पीडितको अपेक्षा अनुरूप कार्य सम्पादन गर्न निर्देशन 


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले पीडित महिलाको अपेक्षा अनुरूप थप संवेदनशील भएर कार्यसम्पादन गर्न राष्ट्रिय महिला आयोगलाई  निर्देशन दिएको छ । उक्त समितिको आजको बैठकले दिएको समितिका सभापति निरूदेवी पालले जानकारी दिए ।

आयोगले महिला हक हित प्रवर्द्धन गर्न प्रयत्न गरिरहेका  विभिन्न निकायहरूसँग सम्पर्क, समन्वय बढाई  एकीकृत पहल गर्न समेत नसकेको भन्दै आगामी दिनमा प्रभावकारी सहकार्य गर्न पनि समितिले आग्रह गरेको छ । साथै, महिला आयोग आफैभित्र पनि समन्वय र सहकार्य  गर्न नसकेको कारण प्रभावकारी कार्यसम्पादन हुन नसकेको र  सम्पर्कमा आएका पीडित महिलाले आवश्यक न्यूनतम सहयोग समेत प्राप्त गर्न नसक्नु दुःखको विषय रहेको समितिको ठहर छ ।  

बैठकमा सांसद नारायणप्रसाद खतिवडा, विमला नेपाली, गङ्गा चौधरी, अमृता थापा, कृष्णबहादुर राईले  आवश्यकताको हिसाबले राष्ट्रिय महिला आयोग अन्य आयोग भन्दा बढी महत्वपूर्ण रहेको हुनाले योजनावद्ध तरिकाले आफ्नो कार्यसम्पादन गर्नतर्फ ध्यान दिन आग्रह गरे ।  

कार्यक्रममा  आयोगका अध्यक्ष  कमलाकुमारी पराजुलीले विस २०७८  साउन एक गते देखि  २०७९ साल असार मसान्त सम्म महिला माथि भएका विभिन्न हिंसाका एक हजार ४६४ घटना दर्ता भएको जानकारी गराएका थिए । जसमा सबैभन्दा बढी बागमती प्रदेशबाट घरेलु र महिला हिंसाका गरी एक हजार २७६ वटा घटना रहेका छन् । 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ४ : ४४ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि