एक वर्षमा साढे दुई अर्बको क्यामरा नेपाल भित्रियो  « Khabarhub

एक वर्षमा साढे दुई अर्बको क्यामरा नेपाल भित्रियो 


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा एक वर्षमा करिब साढे दुई अर्ब रुपैयाँको विभिन्न प्रकारका क्यामरा भित्रने गरेको पाइएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको क्यामरा नेपाल भित्रिएको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट २ अर्ब ४६ करोड ४९ लाख २४ हजार रुपैयाँको क्यामरा आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

सो अवधिमा ४ लाख ३६ हजार ८९७ थान विभिन्न प्रकारका क्यामरा नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष २५ करोड ७६ लाख ७७ हजार रुपैयाँको टेलिभिजन क्यामरा, १६ करोड २२ लाख ११ हजार रुपैयाँको डिजिटल क्यामरा, ५ करोड ८७ लाख ७२ हजार रुपैयाँको भिडियो क्यामरा रेकर्डर  र १ अर्ब ९० करोड २१ लाख ९५ हजार रुपैयाँको अन्य क्यामरा नेपालले आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ अर्ब ७७ करोड २४ लाख १४ हजार रुपैयाँको विभिन्न क्यामराहरू आयात गरेको थियो । सो मूल्यमा ३ लाख ९९ हजार २२ थान क्यामरा नेपाल भित्रिएको थियो ।

नेपालमा क्यामराहरू अष्ट्रेलिया, चीन, जर्मनी, भारत, इन्डोनेसिया, जापान, मेक्सिको, सिंगापुर, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, अमेरिका, इजिप्ट, इजरायल, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, न्युजल्याण्ड, कतार, बेलायत, भियतनाम लगायतका देशबाट आउने गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १२ : ०४ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको