पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटायो « Khabarhub

पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटायो


३ भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्।

मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो । प्रतिबन्ध लगाइएको अवस्थामा शेहबाज सरिफ सरकारले मुख्यतया जनसङ्ख्यालाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउने विषयमा सोचिरहेको इस्माइलले बताएका छन्।

पाकिस्तानका सङ्घीय मन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को माग अनुसार प्रतिबन्ध लगाइएको र अन्तर्राष्ट्रिय समुदायको आह्वानका कारण हटाइएको बताएक्ला छन् ।

कार, मोबाइल फोन, इलेक्ट्रोनिक उपकरणका साथै माछा र मासुलगायत पूर्ण रूपमा निर्मित वस्तुहरूको आयात घटाउन सरकारले धेरै वस्तुहरूमा उच्च भन्सार लगाउने इस्माइलले बताउनु भएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ३ : ३८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको