१५७ जनाले गरे आत्महत्या « Khabarhub

 १५७ जनाले गरे आत्महत्या


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा आत्महत्याको घटना बढेको छ । जिल्लामा पाँच वर्षमा १५७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रकाश श्रीमलका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा २२ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी ०७५/०७६ मा ३४ जना, ०७६/०७७ मा ३१ जना, ०७७/०७८ मा ३७ जना र ०७८/०७९ मा ३३ जना गरी पाँच  वर्षमा १५७ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीमा रहेको छ ।

मानिसहरू मानसिक र आध्यात्मिक रुपमा स्वास्थ्य भए मात्र आत्महत्याका घटना कम हुँदै जाने लमजुङका प्रहरी प्रमुख श्रीमल बताउँछन । आमा समूह, विद्यालय र युवा क्लबसँग समन्वय गर्दै आत्महत्या रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १२ : २९ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना