कोरोनाको पहिलो लहरमा ल्याएको भेन्टिलेटर अझै सञ्चालनमा आएन « Khabarhub

कोरोनाको पहिलो लहरमा ल्याएको भेन्टिलेटर अझै सञ्चालनमा आएन


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ – साढे दुई वर्षअघिको मध्य कोरोनाकालमा जिल्ला अस्पताल लमजुङले ल्याएको भेन्टिलेटर चौथो लहरको कोरोना महामारी सकिँदासम्म सञ्चालन हुन सकेको छैन । भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसिसियू) सञ्चालन गर्ने गरी ल्याइएको उपकरणहरू सञ्चालन गर्ने आवश्यक कर्मचारी नहुँदा प्रयोगविहीन बनेका हुन् ।

अस्पतालको आर्थिक स्रोत नहुँदा आवश्यक जनशक्ति राख्न नसक्दा भेन्टिलेटरसहित सघन उपचार कक्ष सञ्चालन हुन नसकेको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष ०७६र७७ मा बजेट प्राप्त भएपछि आर्थिक वर्ष ०७७र७८ को दोश्रो चौमासिकमा आवश्यक उपकरण आईपुगेको थियो । उपकरण भएर पनि जनशक्ति नहुँदा साढे दुई वर्षदेखि अलपत्र रहेको उनको भनाइ छ ।

प्रदेश सरकारले आईसिसियू कक्ष सञ्चालनको लागि आर्थिक वर्ष ०७६/७७ मा एक करोड ६९ लाख १९ हजार रुपैयाँ उपलब्ध गराएको थियो । तर, विश्वव्यापी कोरोना संक्रमण जोखिमसँगै लकडाउनका कारण आवश्यक उपकरण ल्याउन समस्या भयो । अवस्था सहज भएसँगै आवश्यक उपकरण ल्याएर जडान गरिए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रशासन प्रमुख श्रेष्ठले बताए ।

तत्कालिन समयमा कोभिड–१९ को उच्च जोखिमको सन्दर्भमा द्रुत गतिमा टेन्डर प्रक्रियामा गई सोही आर्थिक वर्षभित्रै आईसिसियू कक्ष सञ्चालन गर्ने तयारी भए पनि अपेक्षित काम हुन सकेको थिएन । अस्पताल प्रमुख श्रेष्ठका अनुसार दोश्रो चरणको कोरोना संक्रमणको जोखिम बढेसँगै भेन्टिलेटर सहितको आईसियू कक्ष सञ्चालन गर्ने प्रयास गरे पनि जनशक्ति अभावकै कारण सञ्चालन गर्न नसकिएको हो ।

कोभिड सङ्क्रमितको उपचारलाई लक्षित गरी ल्याइएको उपकरण कोरोनाको तेश्रो लहर सकिएसँगै चौथो लहरप सुरू हुँदासम्म पनि उपयोगमा नआउँदा सरकारको काम कारबाही प्रति नै सरोकारवालाहरुले प्रश्न उठाउँदै आएका छन् । भेन्टिलेटर सञ्चालनको लागि प्रदेश सरकार र अस्पतालमार्फत पटक पटक जनशक्ति माग गरिए थियो । हाल भने महंगीका कारण जनशक्ति ल्याउन नसकेको अस्पताल प्रशासन प्रमुख श्रेष्ठको भनाइ छ ।

अस्पतालमा भेन्टिलेटरसहित पाँच वटा आईसीयू कक्ष सञ्चालन गर्ने तयारी गरिएको थियो । अहिले सोही ठाउँमा डायलाइसिस सेवा सुरू गरिएको हुँदा ठाउँ अभावका कारण पनि भेन्टिलेटर सहितको आईसीयू कक्ष सञ्चालनमा ल्याउन नसकिएको श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  २ : १३ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना