साढे ४ बजेसम्म क-कसले बुझाए प्रदेशसभा उम्मेदवारको बन्दसूची ?  « Khabarhub

साढे ४ बजेसम्म क-कसले बुझाए प्रदेशसभा उम्मेदवारको बन्दसूची ? 


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजनीतिक दलहरुले आसन्न निर्वाचनको समानुपातिकतर्फका  उम्मेदवारको बन्दसूची बुझाइरहेका छन् ।

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।

सोमबार अपराह्न साढे ४ बजेससम्म प्रदेश १ का लागि किराँत खुम्बुवान साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपालले बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार मधेस प्रदेशका लागि तराई मधेस लोकतान्त्रिक पार्टी र बहुजन एकता पार्टी नेपाल, बागमती प्रदेशका लागि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएको आयोगले जानकारी दिएको छ ।

यसैगरी गण्डकी प्रदेशका लागि राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टी र लुम्बिनी प्रदेशका लागि राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारको बन्दसूची बुझाएको छ ।

यसैगरी सोमबार अपराह्न साढे ४ बजेसम्म प्रदेशसभामा बन्दसूची बुझाउने दलहरूमा कर्णालीका लागि राष्ट्रिय जनमोर्चा र सुदूरपश्चिमका लागि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय नागरिक पार्टी रहेका आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ५ : २६ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष