राष्ट्रिय व्यवसायीक पहलको कार्यसमिति निर्वाचन सम्पन्न | Khabarhub Khabarhub

राष्ट्रिय व्यवसायीक पहलको कार्यसमिति निर्वाचन सम्पन्न


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– राष्ट्रिय व्यवसायीका पहलको अध्यक्षपदमा कुशकुमार जोशी पुन: निर्वाचित भएका छन् । मकवानपुरको हेटौँडामा सम्पन्न भएको पहलको सोह्रौँ वार्षिक साधारणसभाबाट अध्यक्ष जोशीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हुन्।

निर्वाचित कार्यसमितिमा उपाध्यक्ष शुकुन्तलाल हिराचन, महासचिव सुरेन्द्रवीर मालाकार, कोषाध्यक्ष दीपक मलहोत्रा, सचिव सरोजप्रसाद पाण्डे र सुरेश प्रधान तथा सह-कोषाध्यक्ष विनायक शाह चयन भएका छन् । त्यसैगरी कार्यसदस्यहरुमा उमेश लाल श्रेष्ठ, लता प्याकुरेल, शिवप्रसाद घिमिरे, अशोक वैद्य, राजेश खड्का, रविन्द्रमान सिंह प्रधान, अरनिको राजभण्डारी, मुकेश कुमार भट्टराई, रमेश शर्मा, राजेश बाबु श्रेष्ठ, डा. ववीन पोखरेल, खेम लम्काइ, होमनाथ उपाध्याय, सनम शाक्य निर्वाचित भएका छन् ।

मनोनयन कार्यसमिति सदस्यमा सुधीर मित्तल, डा राजेन्द्र घिसिङ र संस्थागत पदेन सदस्यमा नानीराज घिमिरे रहेका छन् । नवनिर्वाचित अध्यक्षले मन्तव्य राख्दै अघिल्लो कार्यकाल सबै सदस्यको साथ र सहयोगले सफल रहेकोमा धन्यवाद ज्ञापन गरेका थिए । उनले कोभिड – १९ लगायत विभिन्न जटिल परिस्थितिसँग जुध्दै भएपनि संस्थाले व्यवसायीक वातावरणमा देखिएका समस्या, जिम्मेवार व्यवसायीक अभ्यासको पवद्र्धन, विपद् जोखिम न्यूनिकरणमा निजी क्षेत्रको संलग्नता र सक्रियतालाई अझ मजबुत बनाउनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरूको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको बताए ।

हरेक दुई वर्षमा गरिँदै आएको जिम्मेवार व्यवसाय सम्मेलनलाई गत वर्ष आयोजना गर्न नसकिएकोमा खेद प्रकट गर्दै आगामी वर्ष प्राथमिकताका साथ आयोजना गर्ने योजना रहेको बताए । साथै विपद् जोखिम न्यूनिकरणका लागि अन्तराष्ट्रिय संस्था एसिया प्यासिफिक एलायन्स फर डिजास्टर म्यानेजमेन्टको सहकार्यलाई आगामी ३ वर्षको लागि निरन्तरता दिई विपद्को पूर्वतयारी तथा जोखिम न्यूनिकरणका कार्यक्रमहरू आयोजना गरिने समेत उनले जानकारी दिए ।

कार्यक्रममा गत वर्ष गरिएका क्रियाकलाप तथा उपाधिसहितको वार्षिक प्रतिवेदन पेश गर्दै महासचिव मालाकारले पहलले नियमित रुपमा आयोजना गर्दै आएको अन्तर्राष्ट्रियस्तरको जिम्मेवार व्यवसाय सम्मेलनको चौथो संस्करण आगामी सन २०२३ को फब्रुअरी गर्नेगरी तयारी अगाडि बढाइएको जानकारी दिए । त्यसैगरी कोषाध्यक्ष मलहोत्राले गत वर्षको आर्थिक प्रतिवेदन पेश गरेपश्चात् उपस्थित साधारण सभाका सदस्यले दुवै प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरे । संस्थापक अध्यक्ष पद्य ज्योतिको नेतृत्वमा गठित सल्लाहकार समितिमा संस्थापक सदस्य तथा हालका राज्यमन्त्री उमेश श्रेष्ठ र गोपी न्यौपाने रहने भएका छन् ।  

नवनिर्वाचित कार्यसमितिले छिट्टै एउटा पत्रकार सम्मेलन गरी आफ्ना भावी योजना साझा गर्ने निर्णयसँगै कार्यक्रम सम्पन्न भएको छ । शान्ति स्थापना, दिगो सामाजिक आर्थिक विकास र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा विगत डेढ दशकदेखि क्रियाशील उक्त राष्ट्रिय व्यवसायीक पहलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कर्मस, नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी महासंघ नेपाल लगायतका प्रतिष्ठत संस्थाहरू आवद्ध छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ५ : ५६ बजे

काठमाडौं महानगरको ‘परम्परागत खाद्य मेला’

काठमाडौं – काठमाडौं महानगरपालिकाले ‘स्वच्छ भान्सा’ स्वर्णिम योजना कार्यक्रम अन्तरगत

पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले पछिल्लो

देउवाको नक्कली विज्ञप्ति प्रचण्ड र सुरेन्द्र केसीको फेसबुक ग्रुपतिर, कांग्रेसको कडा आपत्ति

काठमाडौं- शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याएपछि सत्ता साझेदार

आजका समाचार : रवि फेरि हिरासततिर, संसद्‌ नबोलाई धमाधम अध्यादेश र सरकारलाई कुलमानको कडा चुनौती

संसद्‌ छलेर अध्यादेशको बाटोमा ओली प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

‘नक्कली प्रचण्ड’ घनश्यामको उपचारमा भएकै हो त लापरबाही ?

काठमाडौं– नक्कली प्रचण्ड बनेर चर्चा कमाएका हास्य कलाकार घनश्याम गौतम