सामाजिक न्यायसहितको समुन्नत नेपाल निर्माण गर्ने दायित्व रहेको प्रदेश प्रमुख शेरचनको भनाइ « Khabarhub

सामाजिक न्यायसहितको समुन्नत नेपाल निर्माण गर्ने दायित्व रहेको प्रदेश प्रमुख शेरचनको भनाइ


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देशलाई सामाजिक न्यायसहित समानता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व राज्यको नेतृत्वमाथि आएको बताएका छन् ।

संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले आज बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले समावेशी समानुपातिक प्रणालीसहितको तीन तहको सरकार निर्माण गर्न पाउने अधिकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र विश्वका कुनै पनि देशमा पाउन नसकिने उल्लेख गरे ।

नेपालको आफ्नै मौलिकतामा आधारित समाजवाद उन्मुख संवैधानिक व्यवस्था विश्वका आगाडि नमूना साबित गर्न सक्नुपर्नेमा उनको जोड थियो ।

“वर्तमान संविधानले सामन्ती निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक सांस्कतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ, यस संविधानअन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्य शक्तिको स्रोत भएका छन्”, उनले भने ।

हाल सङ्घ, प्रदेश र स्थानीय तहमा जनादेश प्राप्त तीनै तहका सरकारहरू आ–आफ्नो तहमा निरन्तर क्रियाशील रहेको जनाउँदै प्रदेश प्रमुख शेरचनले प्राप्त जनादेशअनुरूप खडा भएका यी संस्थाहरूले सुशासन र भ्रष्टाचाररहित गुणस्तरीय सेवा प्रवाहको माध्यमबाट संविधानको कार्यान्वयन गर्दै देशमा सङ्घात्मक शासन व्यवस्थाको जगलाई बलियो बनाउँदै जानुपर्ने गहन जिम्मेवारी रहेको उल्लेख गरे ।

उनले भने, “आजको यस महत्वपूर्ण दिनले हामी सबैलाई आ–आफ्नो कमी कमजोरीहरूको आत्मसमीक्षा र आत्मालोचित हुँदै सामूहिक सुधार गरेर प्रभावकारिताका साथ अगाडि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।”

उनले यस ऐतिहासिक दिनले संविधानको कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकौँ भन्दै यस दिवसले समस्त नेपालीहरूबीच आपसी सद्भाव र ऐक्यबद्धता अभिवृद्धि गर्न सबैलाई थप प्रेरित गर्न सकोस् भन्ने शुभकामना समेत दिएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, विभिन्न मन्त्रालयका मन्त्रीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : २० बजे

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै