बुधबार कृष्ण अवतारको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

बुधबार कृष्ण अवतारको पूजा गर्नुहोस्


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मान्ने गरिन्छ। विशेष व्रत र उपवासबाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी देवताको कृपा हुने गर्छ।

-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ।

-जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : १० बजे

५१ प्रतिशत अल्पसंख्यक परिवारबाटै बहिष्कार 

काठमाडौं– यौनिक अल्पसङ्ख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (निलहीरा समाज)

मर्यादित महिनावारी सङ्कल्प प्रस्ताव कार्यान्वयनमा ढिलाइ

काठमाडौं– राष्ट्रियसभाबाट पारित ‘मर्यादित महिनावारी’ सम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन ढिलाइ

प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

काठमाडौं– सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

१४ दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण 

काठमाडौं– साझेदारसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले गएको १० दिनमा १ हजार

हत्यामा संलग्न चार जनालाई जन्मकैदको फैसला

दशरथचन्द– पाटन नगरपालिका–६ का वीरभान बिष्टको हत्यामा संलग्नमध्ये चार जनालाई