विश्व इतिहासमा आज : पेलेको हजार गोलदेखि इन्दिरा गान्धीको जन्मसम्म « Khabarhub

विश्व इतिहासमा आज : पेलेको हजार गोलदेखि इन्दिरा गान्धीको जन्मसम्म


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज १९ नोभेम्बर। प्रस्तुत छ विश्व इतिहासमा भएका केही घटनाः

इजिप्टका राष्ट्रपतिको इजरायल भ्रमण
सन् १९७७ मा इजिप्टका राष्ट्रपति अनवार सादतले इजरायको भ्रमण गरेका थिए। इजरायको भ्रमण गरेर इजरायली संसद केन्ससेटमा सम्बोधन गर्ने सदत अरब राज्यका पहिलो सरकार प्रमुख हुन्। इजरायल र अरब देशका सरकारहरुको विरोधबीच उनले भ्रमण गरेका थिए। अरब इजरायल द्वन्द्व अन्त्य गरेको भन्दै सन् १९७८ मा सदत र इजरायलका प्रधानमन्त्रीलाई नोबेल पुरस्कार वितरण गरिएको थियो।

चन्द्रमामा दोस्रो पटक अवतरण
सन् १९६९ मा एपोलो १२ चन्द्रमामा अवतरण गर्ने दोस्रो अन्तरिक्ष यान बनेको थियो। नासाको एपोलो कार्यक्रम अन्तर्गत सो यान चन्द्रमामा पुगेको थियो।

पेलेको हजार गोल
ब्राजिलका फुटबलर पेलेले सन् १९६९ मा १००० औं गोल गरेका थिए। २० औं शताब्दीका महान खेलाडी पेलेले रियो दि जेनेरियामा भएको माराकान रंगशालमा भएको एउटा व्यवसायिक फुटबल खेलमा गोल हानेका थिए।

इन्दिरा गान्धीको जन्म
आजकै दिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको जन्म भएको थियो। सन् १९१७ को १९ नोभेम्बरमा प्रयागराजमा जन्मिएकी गान्धीको ६६ वर्षको उमेरमा सन् १९८४ को ३१ अक्टोबरमा मृत्यु भएको थियो।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ६ : ३२ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद