पार्टी नेतृत्वका लागि अर्को कंग्रेसमा प्रतिष्प्रर्धा गर्दिनःपेलोसी « Khabarhub

पार्टी नेतृत्वका लागि अर्को कंग्रेसमा प्रतिष्प्रर्धा गर्दिनःपेलोसी


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले बिहीबार मध्यावधि चुनावपछि डेमोक्र्याटहरूले तल्लो सदनमाथिको नियन्त्रण गुमाएपछि अर्को संसदमा पार्टी नेतृत्व पदका लागि पुनः चुनाव नलड्ने बताएकी छिन् ।

‘यस फ्लोरमा उभिनु र सान फ्रान्सिस्कोका जनताका लागि बोल्नु भन्दा मेरो लागि कुनै ठूलो आधिकारिक सम्मान छैन । म यो सदनको सदस्यको रूपमा काम गरिरहनेछु,’
पेलोसीले भनिन् ।

‘म अर्को कांग्रेसमा लोकतान्त्रिक नेतृत्वको लागि पुनः चुनावमा जाने छैन’, उनले थपिन् । पेलोसीले नयाँ पुस्ताले लोकतान्त्रिक बैठकको नेतृत्व गर्ने समय भएको बताउँदै आएकी छिन्।

सन् २०१८ मा पेलोसीले एक अनौपचारिक सम्झौतामा सभामुखको रुपमा आफ्नो कार्यकालय चार वर्षमा सीमित गरेकी थिइन् ।

मध्यावधि निर्वाचनपछि डेमोक्र्याटसले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आफ्नो बहुमत गुमाएका छन् । रिपब्लिकनले अल्पसंख्यक नेता केभिन म्याक्याथेलाई सभामुखको रुपमा मनोनयन गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : ०३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण