सुरक्षाकर्मी अभावमा नियमित चेकिङ हटाइयो (फोटो फिचरसहित) « Khabarhub

सुरक्षाकर्मी अभावमा नियमित चेकिङ हटाइयो (फोटो फिचरसहित)


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देही प्रहरीले सिद्धार्थ राजमार्गमा गरिरहेको नियमित चेकिङ हटाएको छ । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा पर्ने सो सडक खण्डमा भइरहेको नियमित सुरक्षा जाँच हटाइ, प्रहरी प्वान्टहरू समेत बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय मातहत रहेको बेलहिया बाइपास र अञ्चलपुरमा हुने नियमित चेकजाँच हटाइएको छ भने देवकोटा चोकस्थित प्रहरी बिट र बुद्धचोकमा तैनाथ सुरक्षाकर्मीहरू पनि हटाइएको छ । 

प्रहरीले नियमित चेकजाँचलाई निरन्तरता दिँदै थप सुरक्षा योजना गर्नु पर्नेमा भएको नियमित चेकजाँचलाई समेत अहिले हटाइएको छ । बिहानैदेखि भैरहवाको हाटबजार, आँखा अस्पताल, मेउडिहवा मिलनचोकलगायत हाइवेको पश्चिम तर्फमात्रै सुरक्षा चेकजाँच भइरहेको छ ।

 जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता श्यामु अर्यालले भएका प्रहरी निर्वाचनमा खटिएकोले जनशक्ति अभावमा चेकजाँचमा केही ग्याप भएको बताए । शनिबार मुभमेन्ट पनि कम भएकोले ठाउँठाउँमा मोबाइल टोली, विभिन्न ठाउँमा चेकजाँच, मतदान केन्द्रहरू सुरक्षामा प्रहरी खटिएको छ, समग्रमा जिल्लाको सुरक्षा स्थिति राम्रो छ ।

निर्वाचनलाई लक्षित गर्दै जिल्लामा तीन हजार ९५ र एक हजार सात सय ३६ नेपाल प्रहरी खटिएका छन् । अहिले मतपेटिका बढी हुने भएकोले पहिलाभन्दा धेरै सुरक्षाकर्मी तैनाथ छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १ : १७ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक