उदयपुरका २ मतदान केन्द्र महिलाको जिम्मामा « Khabarhub

उदयपुरका २ मतदान केन्द्र महिलाको जिम्मामा


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

उदयपुर – भोली मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाब गराउन उदयपुरको एउटा मतदानस्थलको जिम्मा महिला नेतृत्वलाई सुम्पिएको छ । प्रतिनिधि सभा क्षेत्र नं। १ अन्तर्गत त्रियुगा नगरपालिका ८ राजाबासस्थित अम्मेबर माध्यमिक विद्यालय मतदानस्थलका २ केन्द्रको चुनाब गराउने जिम्मा महिला नेतृत्वको टोलीलाई दिइएको हो ।

सो मतदानस्थलका २ मतदान केन्द्रमा अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला परिचालित हुदैछन् । जस अनुसार केन्द्र (क) को मतदान अधिकृत सुनिता प्रधान र (ख) को मतदान अधिकृत रत्नकुमारी राई तोकिएका छन् । उनीहरुको नेतृत्वमा सबै कर्मचारी महिला परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताए ।

पुरुष समान अधिकार दिने समावेशी सिद्धान्तको कार्यान्वयन गर्ने क्रममा मतदान महिलालाई अधिकृतदेखि सबै कर्मचारीको टोलीमा समावेश गरी परिचालन गर्न लागिएको हो । महिला पनि पुरुष भन्दा कम छैनन् भन्ने कुराको प्रमाण पेश गर्न यो कार्य गरिएको कार्यालयले जनाएको छ ।

एउटा केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरी ८ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारी बाहेक सुरक्षाकर्मीतर्फ नेपाल प्रहरी र म्यादी पनि मतदान केन्द्रमा परिचालन हुनेछन् । प्रहरी र म्यादी सुरक्षाकर्मीको संख्या भने सबै केन्द्रमा समान नहुने बताइएको छ । मतदानस्थलको संबेदनसिलता अनुसार कुनैमा घटी र बढी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : २३ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद