आजको मौसम : कुन प्रदेशमा कस्तो? « Khabarhub

आजको मौसम : कुन प्रदेशमा कस्तो?


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशका पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली रही तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावले केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना देखिएको हो।

महाशाखाले आज बिहान जारी गरेको विज्ञप्तिमा प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भवना रहेको छ।

देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने क्रममा रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ४५ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका