भित्र्याउने बेलाको वर्षाले धान उत्पादनमा गिरावट | Khabarhub Khabarhub

भित्र्याउने बेलाको वर्षाले धान उत्पादनमा गिरावट


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउन महिनामै रोपाइँ गरे । रोपाइँपछि पनि नियमित वर्षात् हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुसी भए । जब धान पाक्यो र भित्र्याउने बेला भयो तब बेमौसमी वर्षा भयो । लगातारको वर्षाले भित्र्याउ नै आँटेको धानमा क्षति पुगेका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको हो ।

मध्यपहाडी जिल्ला भए पनि यहाँ विगतमा राम्रो धान उत्पादन हुन्थ्यो । तर यस वर्ष उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन् । जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ नगरपालिका-४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षमा १२ मुरी धान उत्पादन भएकामा यस वर्ष भित्र्याउने बेला परेको पानी क्षति पुर्‍याउँदा सात मुरी मात्रै स्याहारेको बताउँछिन् ।

केसी भन्छिन्, ‘यसपाली धान निकै राम्रो भएको थियो, पोहोर परार सालकोभन्दा धेरै नै उत्पादन हुने आश थियो तर पाकेको धान स्याहार्ने बेला एक्कासि एक साता पानी पर्दा धेरै नोक्सान भयो, धान सबै खेतभरि भएको थियो, न उठाउन मिल्ने न टिप्न, हामी किसानलाई वर्षाले रुवाउनु रुवायो ।’

अहिलेकोभन्दा अघिल्ला सालमा झण्डै दोब्बरले धान उत्पादन हुँदासमेत आयातित खाद्यान्न किनेर उपभोग गरेको सुनाइन्। ‘पहिलापहिला अहिलेकोभन्दा धेरै धान फल्थ्यो र त दोकाने चामल किनेर खानुपथ्र्यो, अहिले त झन्, निकै कम उत्पादन भएको छ, बाहिरबाट आएकै चामलले वर्ष गुजार्नुपर्ने भयो’, केसीले भनिन्।

स्थानीय हरिप्रसाद सापकोटाले धानबालीमा ठूलो क्षति पुगेको भन्दै अहिलेसम्म राहत पाउन नसकेको गुनासो गरे। उनले बेमौसमी वर्षाका कारण यस वर्ष दोब्बरले धान उत्पादनमा कमी आएको बताए। असोज अन्तिम साताको वर्षाले आफ्नो ५० प्रतिशत धान नोक्सान भएको गुनासो गरे।

सापकोटले भने, ‘यो वर्ष बेमौसमको वर्षाले किसानलाई धेरै दुःखी बनायो, बर्खाभरि दुःख गरेर धान लगाइयो, भित्र्याउने बेला पानीले खेतभरी बनाइयो दियो, यसपालि धान धेरै फलेको थियो, पानी बेलामाथि पर्दा सिँचाइ पनि राम्रो भएको थियो, तर काट्ने बेला हप्ता दिन झरी पर्दा नोक्सान बेहोर्नुपर्‍यो ।’

कृषिज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बेमौसमी वर्षाका कारण बागलुङका किसानले समस्या भोग्नुपरेको बताए। उनले यस वर्ष धान उत्पादनमा पाँच प्रतिशतभन्दा बढीले कमी आएको बताए । अहिले पनि बागलुङ धानमा आत्मनिर्भर नरहेको भन्दै त्यसमाथि वर्षाले नोक्सानी गरेको उनको भनाइ छ ।

‘यस वर्ष धान राम्रो हुन्छ भन्ने अनुमान हामीहरुले गरेका थियौँ, किनकी समयमै वर्षा भएको थियो, त्यसले गर्दा सिँचाइ पर्याप्त भएको थियो, अलिकति धाउन रोपाइँको क्षेत्र पनि बढेको थियो’, प्रमुख भट्टराईले भने, ‘जिल्लाको सबै ठाउँमा होइन केही ठाउँमा धेरै नै क्षति पुगेको थियो ।’

गत वर्ष जिल्लाभर पाँचभन्दा केही बढी हेक्टर क्षेत्रफलमा धान लगाइएकामा यस वर्ष छ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । सिँचाइ राम्रो भएपछि जिल्लामा धान उत्पादन बढ्ने आँकलन गरिएको उनको भनाइ छ । अघिल्लो वर्ष १८ हजार तीन सय ५४ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष १८ हजार छ सय ९० मेट्रिकटन धान उत्पादन भएको भट्टराईको भनाइ छ । तुलनात्मकरूपमा केही बढेको देखिए पनि खेतीयोग्य जमिन बढ्दा उत्पादन पनि बढ्नुपर्ने हो । तर त्यसो हुन सकेन ।

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । छ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ । 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ५ : १६ बजे

इजरायली बन्धकको भिडियो सार्वजनिक भएपछि परिवार चिन्तित, युद्धविराम गर्न दबाब

काठमाडौं– गाजा क्षेत्रमा सक्रिय लडाकु समूह हमास र प्यालेस्टाइन इस्लामिक

च्याटजीपीटीको प्रयोगमा गिरावट

काठमाडौं- सन् २०२२ पछि पहिलो पटक व्यवसायिक कम्पनीहरूमा च्याटजीपीटीको प्रयोगमा

अन्तर्राष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा संसदीय समितिको बैठक

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सप्तकोशी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले