तालिबानको शासनमा सार्वजनिक मृत्युदण्डको व्यवस्था सुरु « Khabarhub

तालिबानको शासनमा सार्वजनिक मृत्युदण्डको व्यवस्था सुरु


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले अफगानिस्तानमा सार्वजनिक मृत्युदण्डको व्यवस्था सुरु गरेको छ । गत वर्षको अगष्ट महिनायता अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकको फराह प्रान्तमा एक जना पुरुषलाई सार्वजनिक मृत्युदण्ड दिएको हो ।

तालिबानले हत्या आरोपित एक जना पुरुषलाई मृत्युदण्ड दिएकोबारे तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले पनि पुष्टि गरेको अमेरिकी प्रसारक भ्वाइस अफ अमेरिका भीओएले जनाएको छ ।

फराह प्रान्तको पश्चिमी क्षेत्रमा ती पुरुषलाई रंगशालामा लगेर मृत्युदण्ड दिइएको जनाइएको छ । उनको मृत्युदण्ड हेर्न सयौँ मानिसहरुको उपस्थिती रहेको मुजाहिदलाई उद्धृत गर्दै भीओएले जनाएको छ ।

मृत्युदण्ड पाएका व्यक्ति तालिबानको अदालतमा दोषी ठहर भएको जनाइएको छ । ती व्यक्तिले छुरा प्रहार गरी हत्या गरेको र हत्या गरिएका व्यक्तिको मोटरसाइकल र अन्य सम्पत्ति लुटेको स्वीकार गरेको मुजाहिदले जनाएका छन् ।

उनलाई हत्या गरिएका व्यक्तिका बाबुले गोली प्रहार गरी मृत्युदण्ड दिइएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : २० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको