इन्टर मिलान अन्तिम आठमा « Khabarhub

इन्टर मिलान अन्तिम आठमा


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टेफानो सेन्सीले अतिरिक्त समयमा गरेको निर्णायक गोलमा इन्टर मिलानले बुधबार इम्पोलीलाई ३–२ ले पराजित गर्दै कोपा इटालियाको अन्तिम आठमा प्रवेश गरेको छ ।

घरेलु मैदानको प्राप्त जितसँगै पछिल्लो १९ सिजनमा इन्टर कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको यो पहिलो पटक हो ।

१३औं मिनेटमा एलेक्सिस सान्चेजको गोलमा इन्टरले अग्रता लिएको थियो । ६१औं मिनेटमा निदिम बरामीले इम्पोलीलाई खेलमा फर्काए ।

७६औ मिनेटमा इन्टरका गोलकिपर इनोट एन्ड्रे राडुको आत्मघाती गोलमा इम्पोलीले २–१ को अग्रता लियो । इन्जुरी समयको पहिलो मिनेटमा आन्द्रे रानोचियाले इन्टरलाई खेलमा फर्काए ।

निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो । एक सय चार मिनेटमा सेन्सीले गरेको गोलमा इन्टरले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ९ : ४८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा