इन्टर मिलान अन्तिम आठमा « Khabarhub

इन्टर मिलान अन्तिम आठमा


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टेफानो सेन्सीले अतिरिक्त समयमा गरेको निर्णायक गोलमा इन्टर मिलानले बुधबार इम्पोलीलाई ३–२ ले पराजित गर्दै कोपा इटालियाको अन्तिम आठमा प्रवेश गरेको छ ।

घरेलु मैदानको प्राप्त जितसँगै पछिल्लो १९ सिजनमा इन्टर कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको यो पहिलो पटक हो ।

१३औं मिनेटमा एलेक्सिस सान्चेजको गोलमा इन्टरले अग्रता लिएको थियो । ६१औं मिनेटमा निदिम बरामीले इम्पोलीलाई खेलमा फर्काए ।

७६औ मिनेटमा इन्टरका गोलकिपर इनोट एन्ड्रे राडुको आत्मघाती गोलमा इम्पोलीले २–१ को अग्रता लियो । इन्जुरी समयको पहिलो मिनेटमा आन्द्रे रानोचियाले इन्टरलाई खेलमा फर्काए ।

निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो । एक सय चार मिनेटमा सेन्सीले गरेको गोलमा इन्टरले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ९ : ४८ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका