आज २०७८ साल चैत ६ गते आइतबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत ६ गते आइतबारको राशिफल


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत ६ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत ६ गते आइतबार

मेष : दिन सामान्य राम्रो छ। आयआर्जन बढ्नेछ। व्यापार व्यवसायमा भने राम्रो आम्दानी बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। प्रेममा सफलता मिल्नेछ। नयाँ कामको थालनी नगरेको राम्रो।

वृष : दिन सामान्य राम्रो नै छ। मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहेपनि प्रेममा भने धोका पाइनेछ।

मिथुन : दिन सामान्य राम्रो छ। अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी गर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक क्षेत्रमा मेलमिलापको योग रहेको छ।

कर्कट : दिन निकै राम्रो छ। दैनिकी सबल छ। दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह : दिन सामान्य राम्रो छ। शत्रु नाश हुनेछ। दैनिकीमा प्रगति हुनेछ। राजनीतिमा आफ्नो संगठन बलियो हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा देशमा गरिएको कामबाट नाम, दाम, सम्मान मिल्नेछ।

कन्या : दिन राम्रो छ। भविष्यबारे गरिने निर्णयले सुख दिनेछ। सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता प्राप्त हुने योग रहेको छ।

तुला : दिन त्यत्ति राम्रो छैन। आज सबै क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। बोलीका कारण साथीभाइ घट्ने भएकाले बोल्दा विचार पुर्याउनुहोला। शत्रु बढ्नेछन्। पारिवारिक तनाव बढ्नेछ।

धनु : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आयआर्जन बढ्नेछ। प्रेममा धोका पाइनेछ।

मकर : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वदेशमै दु:ख गर्दा लाभ प्राप्त हुने योग रहेको छ।

कुम्भ : दिन सामान्य मात्र छ। आज नयाँ कामको थालनी नगरेको राम्रो। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।

मिन : दिन निकै राम्रो छ। आजको लगानीबाट उल्लेखनीय नतिजा मिल्नेछ। व्यापार व्यवसायमा उन्नती हुनेछ। आफन्तसँग बोल्दा सचेत हुनुपर्नेछ। भूमिसम्बन्धी कामबाट फाइदा हुनेछ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ५ : १५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी