उपभोक्ताको गुनासो-खानेपानीको महसुल महँगो भो  « Khabarhub

उपभोक्ताको गुनासो-खानेपानीको महसुल महँगो भो 


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाले वितरण सुरु गरेको खानेपानीको महसुल महँगो भएको उपभोक्ताले गुनासो गरेका छन् । उपभोक्ताले दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाको महसुल अस्वाभाविक रूपमा महँगो बनाइएको गुनासो गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–१ दिक्तेलका उपभोक्ताले वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै उपभोक्ताको हित अनुकूल हुने गरी खानेपानीको महसुल निर्धारणको पहल गर्न माग गरेका छन् । न्यूनतम प्रतियुनिट १५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म महसुल निर्धारण हुँदा कतिपय सामान्य परिवारका उपभोक्ताले खानेपानी उपभोग गर्न सक्ने अवस्था नभएको स्थानीय कृष्ण आचार्यले बताए ।

खानेपानीको निर्धारित नयाँ महसुल दर हेरफेर नभएसम्म उपभोक्तालाई दिइएको बिलमा उल्लेख रकम नबुझाउने ध्यानाकर्षण पत्रमा भनिएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानी वितरणअघि मासिक दुई सय महसुल बुझाउँदै आएका कतिपय उपभोक्ताको ३ हजार ९०० सम्म बिल उठेको उपभोक्ताको भनाई छ । ‘हामीले पानीको मासिक दुई सय महसुल तिर्दै आएका थियौँ । अहिले मासिक चार हजारसम्म बिल आएपछि कसरी तिर्ने उपभोक्ताले ?,’ आचार्यले भने, ‘दिक्तेलबजारका अधिकांश परिवारमा कम्तीमा २५ देखि ३० युनिट पानीको प्रयोग हुन्छ । एउटा घरले खानेपानीकै पैसा दुई हजार–तीन हजार तिर्नुपर्‍यो भने सामान्य परिवारले कसरी धान्न सक्छ ?’

रम्बाखोला माझखोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र पानीपोत महसुल शुल्क निर्धारण सुझाव समितिको १४ फागुनमा बसेको बैठकले १ युनिटदेखि ८ युनिटसम्म न्यूनतम २५० रुपैयाँ, ८ युनिटदेखि १५ युनिटको प्रतियुनिट १५, २० युनिटदेखि २५ युनिटसम्म प्रतियुनिट २५, २५ युनिटदेखि ३० युनिटसम्म प्रतियुनिट ५० र ३० देखि माथि प्रतियुनिट ७५ रुपैयाँ महसुल दर रेट निर्धारण गर्ने निर्णय गरेको थियो ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याटसहित) रुपैयाँको लागतमा खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ १४ चैत २०७५ देखि योजनाको काम सुरु गरिएको थियो । आयोजनाको कतिपय मिटर लिकेज हुने समस्या देखिएको छ । सो आयोजना केही समयपछि उद्घाटनको तयारी गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : ५७ बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको