एक्सन अवतारमा गौरव « Khabarhub

एक्सन अवतारमा गौरव


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेता गौरव पहाडीले एक्सन अवतारमा आफुलाई प्रस्तुत गर्ने भएका छन् । प्राय पोजेटिभ क्यारेक्टरमा देखिँदै आएका गौरवले आउँदो फिल्म ’शमशेर’ मा आफुलाई एक्सन अवतारमा प्रस्तुत गर्न लागेका हुन् । उनी आफैँ पनि नेगेटिभ रोलमा आफुँलाई प्रस्तुत गर्न चाहन्छन् । ’मलाई धेरैले नेगेटिभ रोल गर्न सुझाएका छन् । मलाई आफैँ पनि केहि फरक गरौँ भन्ने छ’ गौरवले भने ।

यद्दपी उनले फिल्म ’शमशेर’ मा निर्वाह गर्ने भूमिकाबारे भने खुलाउन मानेनन् । उनी फिल्ममा एक्सन अवतारमा प्रस्तुत हुने फस्ट लुक्सले प्रस्ट्याई सकेको छ । डेब्यु फिल्म ’मन्जरी’ बाट पाएको फोहोरी केटा र साईलाको उपनाम बिर्साउने भूमिकाको  प्रतिक्षामा गौरव छन् ।

फिल्ममा मनिष राउत अनुबन्धित भइसकेका छन् । अभिनेता राउतले ‘शमशेर’ माशिर्ष भूमिका निर्वाह गर्ने भएका छन् । निर्माण पक्षले फस्ट लुक पोस्टर आउट गर्दै फिल्म निर्माण हुने घोषणा गरेको छ । एभरेष्ट फिल्म एकेडमी र डिआर डेनिमको निर्माणमा तयार हुने फिल्ममा मनिषले शिर्ष भूमिका निर्वाह गर्नेछन् ।

एक्सन जनरमा बन्ने फिल्ममा मनिषको एक्सन दर्शकले हेर्न पाउने निर्माण पक्षले बताएका छन् । फिल्ममा मनिषसँगै सुमन थापा, सविन शाक्य , रुपेश कार्की , रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय रहनेछ । काठमाडौँ, सोलुखुम्बु र ढोरपाटनसँगै दुवईमा समेत छायांकन हुने फिल्ममा अर्जुन पोखरेलको संगीत सुन्न सकिनेछ । गौरी शंखर र विकाश सिटौलाले खिच्ने फिल्म सीबर्ड्स इन्टरटेनमेन्टले निर्माण गर्नेछ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : ५९ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक